(सुर्खेत मोडेल कलेज र विविएस थर्ड इएरले आयोजना गरेको विदाइ समारोहमा मेरो मन्तव्य । युट्युवमा यो https://youtu.be/pXEpQFotzRk लिंकमा उपलब्ध छ ।)
आज म तपाइसवैको अगाडी उभिएको छु, मैले खुशी र दुख एकैसाथ महशुस गर्न पाइरहेको छु र एउटा मान्छेको जीन्दगीमा त्यस्तो समय विरलै आँउछ , म खुशी यसकारण छु कि मलाई विदाई समारोहमा मन्तत्व्य राख्न वोलाइएको छ तिलक भाई र थर्ड इएर प्रति आभारी छु , दुखी यसकारण छु कि मेरो लागि तपाई सम्पुर्णलाई गुडवाई भन्नु निकै अप्ठेरो काम हो ।
मलाई थाहा छ , तपाईहरुबाट छुटिटएर जान मलाई निकै मुश्किल हुनेछ ।
म तपाइहरु सुर्खेत मोडेल कलेज परिवार कति सहृददिय हुनुहुन्थ्यो, अहिल्यै त्यता जान चाहन्न, विस्तारै भन्नेछु । मलाई लाग्छ, हामीले अवका दिनमा तपाईहरुको जतिको प्रिय जुनियर नपाउन सक्छौँ , हामीले अवका दिनमा तपाईहरु जतिको आदरणिय गुरुहरु नपाउन सक्छौँ । तपाईँहरु जत्तिका आत्मिए र हातमा हात दिने साथीहरु हामीले खोजेर पनि नपाउन सक्छौँ ।
विविएसको फोर्थ इएरको विद्यार्थीको रुपमा मात्र नभएर सुर्खेत मोडेल कलेज स्टुडेन्ट काउन्सिलको स्थापनादेखि सक्रिय रहि करिव अढाइ वर्ष यसको नेतृत्व गरेको हुनाले पनि हुनसक्छ, मैले जुनियर व्याचसँग बढिनै संगत गरेको छु , बढीनै कुरा गरेको छु , बढी नै साथमा हिँडेको छु ।
तपाई विविएस थर्ड इएरका सम्पुर्ण साथीहरु भन्नुहोला , हामीले फोर्थ इएरबाट धेरै कुरा सिकेका छौँ । त्यति मात्र होइन , मैले पनि तपाईँहरुबाट धेरै कुरा सिकेको छु , विभिन्न फरक फरक विषयमा विविएस तेस्रो वर्ष मेरो लागि र समग्र विविएस चौथो वर्षको लागि प्रेरणाको स्रोत बनेको छ ।
तपाईँहरुसँगको यो तीनवर्षको सहयात्रामा तपाईँहरुको उपस्थितिको कहिल्यै अभाव भएन र सधैँ हामी एउटै परिवारका सदस्य हौँ भन्ने भान भइनै रह्यो ।
र अहिले पनि म तपाइहरुको अगाडी उभिएको छु , र मैले सोचिरहेछु मेरा प्रिय साथीको अगाडी मेरा आत्मिए जुनिएरको अगाडी र मेरा समआदरणिय गुरुको अगाडी यसरी उभिएर आफ्नो कुरा राख्न पाउनु मेरो लागि अहोभाग्य हो ।
अब , म सुर्खेत मोडेल कलेजसंगको सम्झनाहरुतिर आउन चाहन्छु । कलेजमा रहँदा ती सम्पुर्ण गतिवीधीहरु जो तपाईँहरु र हामीले संगसँगै गरेका छौ , ती चाडपर्वहरु जुन हामीले कलेजमा सँगसँगै सेलिव्रेट गरेका छौँ , ती सेमिनारहरु ती, ती वार्षिकोत्सवहरु , ती सभा समारोहहरु ती सवै मेरो जीवनमा अविस्मरिणय समयहरु हुन ।
यी कुराहरु मैले कहिल्यै विर्सने छैन ।
म सुर्खेत मोडेल कलेज स्टुडेन्ट काउन्सिलको संयोजक हुँदा गरिएको भारतिय हस्तक्षेप विरुद्धको हस्ताक्षर संकलन अभियान होस , भुकम्पपिडितको लागि हामी कलेजका विद्यार्थीहरुले खाजा खर्च कटाएर गरेको सहयोग होस , युवा अभियानसँगको सहकार्यमा गरिएको युवा छलफल श्रृखंला कार्यक्रम वाइडिएस होस , विभिन्न शुभकामना आदानप्रदान कार्यक्रमहरु , विभिन्न बधाई कार्यक्रमहरु सवैसवैमा मलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुभएको छ , म तपाईहरुलाई हादिर्कक कृतज्ञता व्यक्त गर्न चाहन्छु ।
म म रहुन्जेल वा मेरो अस्तित्व रहुन्जेल यहाँहरुको सहयोग कहिल्यै विर्सने छैन ।
यो संसारको धुर्वसत्य कुरा हो , हामीले चाहौँ वा नचाहौँ केहि न कुरा कुनै न कुनै समयमा अन्त्य भएरै छाड्छ । आजभोली जव हामी छुट्टिने दिनहरु नजिकै आए , अव त मोडेल कलेजमा पढ्न आउने दिन धेरै छैन है भन्ने लाग्नथाल्यो, मैले साच्चैँ अन्त्यलाई मन पराउन छाडेको छु , विदाईलाई मन पराउन छाडेको ।
आइ हेट थिस । मैले नचाहेरै हुँदैन , अन्त्य त निश्चित छ । हामीले विएिस किताव वन्द गर्ने दिन आइसके । हामीले गुडवाई भन्ने दिन आइसके । हामीले भविष्यको अर्काे सिढिंमा चढ्ने दिन आइसके । कति छिट्टै , कति छिट्टै ।
जीवनका आफ्नै आयाम छन , वेग छन । जीवनमा कारण र परिणाम छन ।
र जीवनमा सवैभन्दा धेरै नचाहेरै केहि हुन्छ त्यो हो मिस्टेक । गल्ती ।गल्ती देखि विचलित हुनु हुदैँन , गल्ती त हुन्छ पटक पटक , र मलाई लाग्दछ जीन्दगीको सवैभन्दा प्रगती र पुरस्कारको जगमा केहि न केहि गल्तीहरुको सिमेन्ट हालिएको हुन्छ ।
हुनसक्छ तपाईँ हामीले त्यति धेरै पाउन नसकौँला, जति हामीले अनुमान गरेका छौँ । कसलाई के थाहा, जीवनले मान्छेलाई कहाँ लान्छ । जीवनको बाटो लामो छ , र हरेक यात्राका प्रत्येक सिढिँहरु आफैँमा गन्तव्यहरु हुन । हामीले चार वर्ष लगाएर मुश्किलले एउटा सिढिँ उक्लिएका छौँ ।
जीवनको यात्रा सुरु हुन्छ । भोलीको यो जिल्ला, यो प्रदेश, यो देश र यो संसार नेतृत्व गर्ने व्यक्तिहरुलाई यसो टाउको उठाएर हेर्दा आज यस कार्यक्रममा देखिएकै अनुहारहरु परुन , म धेरै धेरै शुभकामना पनि व्यक्त गर्न चाहन्छु ।
म भर्खरको मान्छे , धेरै फिलोसोफिका कुरा त जान्दिँन । मैले वाह्र तेह्र वर्षको उमेरमा एउटा किताव पढेको थिएँ , जहाँ लेखिएको एउटा लाइन थियो , हुनसक्छ अँग्रेजीमा मैले कण्ठ गर्न सकेको पहिलो र अन्तिम वाक्य पनि त्यहि हो ,
Always
remember where you’re going, but never forget where you came from.
अर्थात , सधैँ सम्झिराख तिमी कहाँ जाँदैछौ तर यो नविर्स कि तिमी कहाँबाट आएका हौ ।
अव केहि व्यक्तिगत कुरालाई पनि जोड्न चाहन्छु । गणेश ढकाल भाई जो आज यस कार्यक्रममा उपस्थित हुन सकेका छैनन , उनलाई म धेरै धेरै सम्झिरहेको छु ।
रुचि विषय र क्षेत्र धेरै कुरा मिल्ने भएकाले उनीसँग निकटता बढेको छ । र प्रिय साथी वनाइदिने काम सुर्खेत मोडेल कलेजले गरेको छ , त्यसप्रति म आभारी छु ।
टंक जी ,उहाँलाई म जनमावि देखि नै चिन्छु उहाँ आफैँमा एउटा प्रेरणा हुनुहुन्छ हाम्रो लागि । तिलक भाई , दुर्गा वहिनी , क्रान्ती वहिनी , तपाईसवैलाई सम्झिरहेको छु ।
भौजा ग्रुपलाई सधैँ सम्झिनेछु । अरु सम्पुर्ण साथीहरु सवैलाई म व्यक्तिगत रुपमा चिन्दछु , सवैसँग म वोलेको छु र उहाँहरुको बारेमा जानेको छु ,उहाँहरुलाइृ धेरै धेरै सम्झेको छु ।
म सुर्खेत मोडेल कलेज स्टुडेन्ट काउन्सिलको संयोजक रहँदा मलाई काम गर्न हातमा हात मिलाउन सहयोग गर्नुहुने काउन्सिलका सम्पुर्ण साथीहरुलाई म कहिल्यै विर्सन सक्ने छैन ।
विविएस थर्ड इएर्मा पनि कोहि साथीहरु हुनुहोला जसलाई कुनै न कुनै रुपमा कहिल्यै मेरो कुराले नकारात्मक असर पारेको हुनसक्छ , उहाँहरुसँग म क्षमाप्रार्थी छु ।
म यहिँबाट मेरो आदरणिय दाई सुर्खेत मोडेल कलेज स्टुडेन्ट काउन्सिलका पुर्व संयोजक रमेश उपाध्यायलाई धेरै धेरै सम्झिन चाहन्छु । विशेष कारणवश उहाँ आज यहाँ उपस्थित हुन सक्नुभएन । म अझँै उहाँको छायामा हिडिँरहेको छु । म अझैँ उहाँले बनाएको बाटोमा हिँडिरहेको छु । उहाँ ममताले सल्वलाइरहेको छु । मेरा आर्दश व्यक्तित्व रमेश उपाध्यायलाई म मेरो शिरमा राख्न चाहन्छु ।
म आदरणिय सम्पुर्ण गुरुहरुलाई सम्झिन चाहन्छु । क्याम्पस प्रमुख गणेश आचार्य सरलाई सम्झिन चाहन्छु । आदरणिय पुर्व क्याम्पस प्रमुख देवेन्द्र कुमार वाग्ले मेरो लागि सधैँ सम्मानित हुनुहुन्छ ।
पुर्व क्याम्पसप्रमुख भिम खड्का सर र केशव खड्का सरप्रति मेरो उच्च सम्मान छ । अमर सर , सिङसर , विमल सर , दिपक सर लाई सधैँ सम्झनामा राख्नेछु ।
आदरणिय नारायण सर जो आफैँमा एक कुशल मोटिभेसनल स्पिकर पनि हुनुहुन्छ , उहाँ प्रति मेरो हृदयमा उच्च सम्मान छ । सुरज भण्डारी सर , जसको कन्भिसिङ क्षमताको म सधैँ प्रशंसक रहेँ र रहनेछु ।
अन्य आदरणिय गुरुहरु जसले मलाइ र हामी विविएस चौथो वर्षका विद्यार्थीहरुलाई चारवर्षसम्म अध्यापन गराउनु भयो , उहाँहरुलाई सम्झिनैरहेको छु । मोडेल कलेजमा रहनुभएका अर्जुन दाई , लक्ष्मी म्याम , भगवती म्याम , दर्लामी अंकल , पुलामी अंकल , दिदि लगायत सवैलाई सधैँ म सम्झिनै रहनेछु ।
हाल विविएस दोस्रो वर्षमा र प्रथम वर्षमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुलाई जो यस कार्यक्रममा उपस्थित छैनन , म उहाँहरुलाई सम्झिरहेछु ।
म चार वर्षसम्म एउटै क्लासमा , एउटै इएरमा सँगै पढेका साथीहरुलाई सम्झिन चाहन्छु । दुइवटा मदन , श्याम , अग्नी , सन्तोष , भिम लोकेश , सुमन मनोज खेम दिपा सिता ममता पुजा अनिता तारा सगुन माला लगायत म सवैलाई सम्झिन चाहन्छु ।
हामीले चारवर्षको विचमा सुर्खेत मोडेल कलेजमा केहि थितीहरु बसालेका छौँ , केहि नयाँ गर्ने प्रयत्न गरेका छौँ । हरेक अभियानको नेतृत्वकर्ताको हिसावले म भन्न चाहन्छु तपाइहरु , मेरा प्रिय र सहृदयी साथीहरु नभएको भए मैले केहि पनि गर्न सक्ने थिइन ।यहाँहरु प्रति मेरो हार्दिक सम्मान छ ।
सुर्खेत मोडेल कलेजलाई धेरै केहि दिन सकेका छैनौँ , मैले पनि केहि दिन सकिन होला तर कलेजले हामीलाई धेरै दिएको छ । आफ्नो एजुकेशनल करिअरको महत्वपुर्ण समय चार वर्ष यहिँ विताएका हाम्रो परिचय र भविष्यको सवैभन्दा वलियो पिलर नै सुर्खेत मोडेल कलेज बनेको छ । म सुर्खेत मोडेल कलेजप्रति हृदयदेखि नै नमन गर्न चाहन्छु ।
विगतका दिनहरुमा म र मेरो साथीहरुको तर्फबाट कुनै कमजोरी भएको छ भन्ने यहाँहरुलाई लागेको छ र कमजोरी भएकै रहेछ भने पनि त्यो आफ्नै छोराछोरीले गरेको भुल सम्झेर यहाँहरुले माफि दिनुहुनेछ , म माफि माग्न चाहन्छु ।
सुर्खेत मोडेल कलेजको अवधीभर आदरणिय गुरुहरुको मन दुखाउने केहि कुरा वोलिएको रहेछ भने पनि म त्यसप्रति क्षमाप्रार्थी छु ।
प्रशासनिक काम गर्दैगर्दा कहिल्यै आवेशमा आएर प्रशासनमा रहनुहुने कर्मचारीहरुलाई केहि नराम्रो भनिएको रहेछ भने पनि म त्यसप्रति क्षमाप्रार्थी छु ।
हामी मोडेल कलेजको शैक्षिक यात्राबाट मात्र अलग्गिदैँ छौँ , कलेजसँगको थप यात्रा त वाँकि नै छ । तसर्थ निकट भविष्यमा हाम्रो सुन्दर भविष्य निर्मांणको लागि मोडेल कलेज परिवारको निकै महत्वपुर्ण सहयोग रहेनमा म आशावादी छु ।
म आज लामो समय बोलेको छु । सुर्खेत मोडेल कलेज आएदेखि लगभग समय सवैकार्यक्रममा उद्घोषकको रुपमा वोलेको म आज यसरी आफ्नो मन्तव्य राख्न पाँउदा केहि धेरै वोल्न गएको छु, म आयोजक र आयोजकको समयप्रति संवेदनशिल छु । तिलक भाइसमक्ष क्षमाप्रार्थी छु ।
म यस विशेष समारोहको अवसरमा , हामीले छोडेर जान लागेको यस घडिमा म भन्न चाहन्छु साच्चैँ मलाई , हामी सवैलाई तपाईँ सम्पुर्ण साथीहरु र सुर्खेत मोेडेल कलेजप्रति गर्व छ । आदरणिय गुरुहरु जसको हाम्रा हरेक नयाँ काममा , अभियानमा साथ, सहयोग र समपर्ण छ, त्यो सदा स्मरिणय रहन्छ ।
म चाहन्छु, तपाईसम्पुर्ण विद्यार्थीसाथीहरुको नाममा सुर्खेत मोडेल कलेजले गर्व गर्न सकोस । म चाहन्छु, तपाइले मोडेल कलेजमा ठुलो योगदान गर्नुहुनेछ । धेरै योगदान त भएकै छन , गर्नुभएकै छ , जे जे वाँकि छ , त्यो पनि पुरा गर्नुहुनेछ ।
सधैँ आफ्नो तर्फबाट राम्रो गर्नुहोस , हतोत्साहित नहुनोस , दुखि निराश केहि नहुनस, सधैँ सम्झनुस, अरुले तपाईँलाई घृणा गर्न सक्लान तीनीहरुले तवसम्म तपाईँलाई जित्दैनन जवसम्म तपाईले उनीहरुको घृणा गर्नुहुन्न । घृणाको वदलामा प्रेम दिनुसक्नुपर्छ भनेर रिचार्ड एम निक्सन भन्ने अमेरिकी राष्ट्पतिले भनेका छन ।
र हामी उच्च आशाका साथ वाँचेका छौँ , असल मनसाय लिएर वाँचेका छौँ, हाम्रो मनमा त करुणाको खानी छ , मानवियता बोकेर हिँडेका छौँ । अध्ययन मात्रै सवैथोक हो म भन्दिन , जीवनमा सकेजति भेटेजति पहुँचमा पुगेजति धेरै कुराको नजिक हुनुहोस । पत्रिका पढ्नुहोस , इमेल इन्टरनेट चलाउनुस । साथी वनाउनुस ।
सामाजिक सेवामा सक्रिय रहनुस । देश वुझ्नुहोस , विदेश वुझ्नुहोस ।
दिनको एकपटक समाचार सुन्दैमा एक्जाममा दश नम्बर कम आउने होइन । दिनको एक घण्टा फेसबुक चलाउँदैमा इक्जाएमा एउटा नुमेरिकल विग्रिने होइन । चलिआएकाकुराहरु जे छन त्यसलाई व्यवस्थित गर्नुहोस , बुवाआमाको आकांक्षा पुरा गर्नुहोस , आदरणिय गुरुहरुले देखाएको बाटोमा अगाडी बढ्नुहोस ।
सवैलाई धेरै धेरै शुभकामना पनि व्यक्त गर्न चाहन्छु ।
र अन्तिममा यहाँहरुबाट छुट्टिनु अगाडी महात्मा एउटा एउटा भनाई सुनाउछुँ ,
“There are no goodbyes
for us. Wherever you are, you will always be in my heart.”