सन् २०१६को नोभेम्वर ५ को रात , ११ वज्दै गर्दा म कलमसँग जोडिएको छु । र यो म के लेख्न खोज्दैछु , म जान्दिन । यो कथा हो ? होइन , निबन्ध हो ? होईन ,अनुभव, संस्मरण, भोगाइर्, नियात्रा केहि पनि होइन । हो के त ? पख , म अहिल्यै कसरी भनुँ ? लेखेर सकियोस न , अनि निमी आफैले छुट्याइदिनु , ह्वाट इज थिस ?
आजको दिन विशेष भयो । तिमीसँग धेरैवेर कुरापनि भयो । अव यति धेरै समयसँगै वसेर अन्तरंग कुरा गर्ने दिन आउला नआउला भन्न सकिन्न ।
र गणेश भाई , आज तिमी यो यहाँको औपचारीक वसाइको तीन दिन अगाडी छौ ।
अवको भेटहरु, सँगतहरु सम्बन्धहरु अहिलेभन्दा कम औपचारीक वा अनौपचारीक भैदेलान भन्ने त्रास छ मनमा र त्यो होला पनि, नहोलापनि ।
सन् २०१४ को यस्तै नोभेम्वर हुँदो हो तिमीसँग भेट भएको । पहिले हामी अल्ली बढी फर्मल थियौँ । तर समय त्यसैमा अडेन ।
हामी विस्तारै इन्फर्मल भयौ । अझैँ अति इन्फर्मल भयौँ । फर्मल छौँ पनि कहिँ कतै केहि कुरामा । तर मेक्सिमम इन्फर्मल । यो इन्फर्मालीटी कतिन्जेल रहला ?
हामी रहुन्जेल रहोस तर यस यता तिमी मेरो साथी भयौ , मित्र भयौ , सल्लाह दियौ , साथ दियौ सद्भाव दियौ र केहि ‘अनपेक्षित मोड’हरुमा सहयोग ग¥यौ ।
म क्रृणी छैन त्यसप्रति , वस आभारी छु । र सोच्दछु गणेश भाई , जीन्दगीमा यसरी आभार प्रकट गर्न पाउनु मेरो लागि अहोभाग्य हो ।
जीन्दगीको दुृई पक्ष छ, कि यो अर्थवान छ कि यो अर्थहिन छ । त्यसैगरी सम्बन्धको पनि त दुइ पक्ष छ कि सम्बन्ध अर्थवान हुन्छ कि सम्बन्ध अर्थहिन हुन्छ ।
मलाइ लाग्छ जीवनको गती र सम्बन्धको लय कहिल्यै ‘एभरेज’ हुँदैन । जिरोबाट शुरु हुन्छ र अधिकतम हुन्छ । कुनैवेला अधिकतमबाट झ¥यो भने जिरो मै पुग्छ ।
यदि मैले अहिले सोचेको जस्तै तिम्ले पनि सोचेका छौ भने हामी अर्थात तिमी र म त्यहि अधिकतममा छौँ । र म चाहन्छु यो अधिकतम नै रहन्छ सदासर्वदा , रहोस पनि ।
मान्छे हिँड्नुपर्छ ।
अmझँ दौड्नुपर्छ । उफ्रनुपर्छ , उड्नुपर्छ । तिमी भर्खर हिँडेका छौ । म पनि हिँडुला केहि समयपछि । तर हिँडाइको पनि त अर्थ हुन्छ ।
र त्यो हिँडाइको अर्थमा तिमीसँग कुनै दिन छोटो समय भएपनि सँगै हिँड्न पाएछु भने त्यो मेरो लागि उत्सव हुनेछ , त्यो मेरो लागि गौरव हुनेछ ।
सन् २०१५ को सुरुताका मैले तिमीलाई पत्रिकाको लागि केहि लेख्न अनुरोध गरेँ । खासमा त्यो सम्पादकको आग्रह थियो , म मार्फत आएको ।
तिम्ले लेख्यौ , मलाई सुनायौ , मैले सुने , टाइप गरेर पत्रिकामा पठायौँ । र त्यो एउटा सुनौलो क्षण थियो मेरो लागि कि तिमी लेख्न सुरु गर्दै थियौ ।
तिम्रो ‘क्रियटिभ राइटिङ’को सुरुसुरुको श्रोता थिँए म । त्यसपछि पनि तिमीले निरन्तर लेखिनैरह्यौ । मेरो आशय के हो भने तिम्रो लेखनी यत्तिकैमा नरोकियोस ।
निरन्तर लेखिरहनु । मैले त तिम्रो बारेमा पनि लेखेँ । किन लेखेँ ? किनभने तिमीसँग मेरो लुकाउनुपर्नै केहि थिएन । कसको लागि लेखेँ ? खै त्यो धेरैले पढेनन् । एउटा म आफैँले पढेँ धेरैपटक , अर्काे तिमीले पढ्यौ र अरु केहि सिमित व्यक्तिले पढे ।
जसलाई तिमीसँग जोडिएर मैले लेखेका कुराहरुमा चासो हुन्थ्यो हुन्छ । मे वि यो पनि उनीहरुले पढिरहेका छन । अँ अरुले लेखेको कुरा पढ्नु पक्कै पनि पठन संस्कृतीको लागि सकारात्मक कुरा पनि हो ।
त्यो लेख्दा म एउटा विचलित मानसिकतामा थिएँ ।
त्यसवेला सवचिज गलत लागिरहेथ्यो । सवैलाई प्रगतीको वल समातेर स्वार्थको पोस्टमा गोल गर्नु थियो । गरे , मजैले गरे । हार्दिक बधाई । नो थिङ मोर द्यान इट ।
तर अहिले म त्यो भन्दा धेरै कम विचलित छु । र यो लेखिरहँदा मलाई त्यस्ता ‘डिस्क्वालिफाइड प्लेएर’ प्रति कुनै गुनासो पनि छैन । म उनीहरुलाई हरेक पटक विर्सिरहेको छु ।
तिमीसँगको सम्बन्ध स्थीर छ । तर यसविचमा म त बडो अप्ठेरोमा पो परेँ । तिम्ले त वुझ्छौ नी । राम्रा र आफ्ना भनिएकाहरु टाढा भए , सुरुवातबाटै टाढा भनिएकाहरु आफ्ना भए । कोहि नजिक भए, कोहि टाढा भए । कोहि फिक्का हुँदै गए , कोहि गाढा भए । हुन त भए, जे भएपनि भए ।
तर तिमी स्थीर छौ । तिमीसँगको सम्बन्ध स्थीर छ । मलाई त्यसैमा खुशी छ । सय जना दुर्जनको साथ भन्दा एकैजना किन नहोस मित्रजनको साथ उपयुक्त हुन्छ , श्रेष्ठ हुन्छ । म हमेशा यहि सोचिरहेछु ।
तिमी जाँदैछौ ‘नयाँ मुलुक’मा । करिव ९० किलोमिटर दक्षिण । म यो चाँहि महाभारत र चुरेको विचबाट लेखिरहेछु । तिमी चुरेबाट झरेर भावर काटेर अझँ पर ‘मधेश’ जाँदैछौ ।
तिम्रै बारेमा जम्मै किन लेख्छु म ? नलेखे हुन्न र ? अहँ हुन्न । लेख्नु मेरो कर्म हो र लेख्नु मेरो अनुभवहरुको बाँडफाँड पनि हो । लेख्नु मेरो सिप हो । लेख्नु मेरो रुचि हो । र लेख्नु मेरो सवथोक हो । अनि तिम्रै बारेमा ? अमँ तिमी पनि मेरो लागि लेख्नु जत्तिकै महत्वपूर्ण छौ ।
मलाई अप्ठेरोमा सहयोग गरेका छौ । आक्षेपहरुलाई हटाउन सहयोग गरेका छौ । बरु मैले तिम्रो लागि त केहि गर्न सकिन होला ।
कहिल्यै केहि ? सरी फर दिस वट तिम्ले त धेरैथोक गरे बरु मैले तिम्रो लागि त केहि गर्न सकिन होला । कहिल्यै केहि ? सरी फर दिस वट तिम्ले त धेरैथोक गरेका छौ । र त्यो मैले सम्झनुपर्ने छैन ।
सम्झनुपर्ने यस अर्थमा छैन कि मैले त्यसलाई कहिल्यै विर्सने छैन । नविर्सिएको कुरा सम्झिरहनपर्छ भन्ने मलाई लाग्दैन ।
अरु कुरा पनि त छन धेरै । र ती सवै ‘लोडिङ’ छन । आउनेछन निरन्तर निरन्तर ।।
