Monday, July 24, 2017

''प्रशंसावाद'' : एक फैलदोँ महामारी ( ब्लग)



दिनेश गौतम 


रेडियो सुन्न लाको धेरै वर्ष भा'छैन । पत्रिका अल्ली पछिनै पढन थालियो ।अझँ बेसी त सदरमुकाम झरेसी पढियो तर त्यहाँ मैले सवभन्दा बढी पढेको र सुनेको शब्दहरुमा जोडिएर आउँथ्यो ''वाद''

जस्तो कि माओवाद, उदारवाद, पुंजीवाद, शंसोधनवाद यस्तै अनेकौ । यस्ता वाद झुण्डिएको शब्दहरु कति छन कि नेपाली भाषाकाकुनै ठुलो भाषाशास्त्री वताउन सक्लान कि वामपन्थी भनिने कम्युनिष्टहरु ।

 र तत्काललाई म यो दुवैको पहुँचमा छैन । मलाई शब्दहरु जान्न मन त छैन तर यो वादले थोरै अप्ठयारो पारेको  भने'छ । 

ठयाक्कै ब्लग लेख्छु भनेर सोचेको पलभरमै मैले शिर्षकको रुपमा ''प्रशंसावाद : एक फैलदोँ महामारी'' राख्दिएको छु । वाद नजानेरै वादको म वर्णन जो गर्न खोजिरहेको छु । 

यदि म वादको परिभाषा बाहिर गएर यसको वर्णन गर्न खोजिरहेछु भने त्यो संयोगवश हुनेछ र यो मेरो ज्ञानको दायरा बाहिर गएर लेखिएको रैछ भनेर वुझे हुन्छ तर भाषाप्रति मेरो खेलाचीँ भने पक्कै होइन । 

र मैले थोरैमात्र वाद वुझेको रहेछु भने वा छु भने यहाँ प्रशंसाका रुप,स्वरुप,चरित्र र व्याख्या उल्लेख गर्दछु । तपाईँ यसलाई वाद वा अन्य जुनसुकै रुपमा वुझन सक्नुहुन्छ । 

प्रशंसा अँग्रेजीमा ''एप्रिसेसन'' मैले जाने सम्मको शब्द । यो धेरै रुप,स्वरुप धेरै स्वार्थ र धेरै आयाम वोकेको महामारी हो यो वर्तमानलाई हेर्दा । अहिले पनि म यहाँ प्रशंसावादको प्रशंसा गरिरहेको छु । तपाईँ पढनुहोस, यो तपाईले प्रशंसावादको वारेमा पढेर यसकै प्रशंसा गरिरहनुभएको छ । 

म प्रशंसावादको खाटटी प्रशंसक हुँ । त्यहि भर त लेखिराछु । म किन यसरी प्रशंसावादको प्रशंसा गरिरहेको छु भने अहिले यस्ले आफुलाई यसरी विश्वव्यापिकरण गरिहेछ कि उफ यसरी यो वायु मण्डलमा हावापानी वारपार गर्दैन होला । एउटा महामारी (यहाँ महामारीले ज्यानै लिन्छ भन्ने छैन)  को रुपमा फैलिरहेछ प्रशंसावाद । 

खासमा प्रशंसावादको पहिलो प्रयोग र निकै प्रयोग  प्रेममा हुन्छ । ''तिमी सारै राम्री छौ । म तिम्रो फयान भएँ । तिम्रो आँखा यस्तो , नाक यस्तो , वोली यस्तो, चोली यस्तो भन्नपनि एउटा प्रशंसाको स्वरुप न हो । तिमी वोलेपछि त सवै मख्खै हुन्छन,  तिम्रो रुप देखेर चकित छु । यति राम्री मान्छे आफनो वनाउन पाए त !'' धेरे जसो केटाहरुले केटीको प्रशंसा गर्दा भन्ने यहि हो । 

केटीहरु भने प्रशंसावादबाट प्रेममा त्यति फाइदा लिँदैनन । कहिँकतै पढाइमा इन्टेलिजेन्ट केटाहरुलाई तिमी जस्तो टयालेन्ट भएपो ? भन्देलान । अरु त मुस्किल छ । जे होस प्रेमको पहिलो सिढिँ प्रशंसाबाट शुरु हुन्छ । प्रेम सफल भए त भैगो, असफल भए आलोचनामा पुगेर अन्त्य हुन्छ । आलोचनावादको वारेमा फेरि लेखिएछ भने त्यहिँ समेटौँला । अहिलेलाई प्रशंसातिरै लागौँ । 

  प्रेमपछि प्रंशसा प्राप्तीमा महिलासँग बढी जोडिन्छ । आफुले लगाएको गरगहना, लत्ताकपडा, आफनै जीवनशैली , आफना श्रीमान, आफनो छोराछोरी सवैको प्रशंसा भैदिएको हेर्न चाहन्छन महिलाहरु । वविता वस्नतेले उनको एउटा कथा सँग्रह 'सम्बन्धहिन सम्बन्धहरु'को शिर्ष कथामा महिलाहरु प्रशंसाबाट कतिखुशी हुन्छन , त्यसको फेहरिस्त उतारेकि छन । उनीपनि त महिला हुन,  यो विषयमा अनुभवि पनि त होलिन । 

महिलाहरु प्रशंसाका भोका हुन्छन । यो नराम्रो भने होइन, मात्रै समस्या यो भैदियो कि यो प्रशंसाबाहेक मान्छे खुशीपार्ने अन्य वैकल्पिक उपाए पत्ता लगाउन सकिएन । 

जता गयो त्यतै , जो सँग भेट्यो उसैसँग जुन सुकै वेला मन लाग्यो त्यहिवेला फ्याटट प्रशंसाका दुइ चारका शब्द तिरहरु प्रहार गर्न बानी परिसक्यौँ हामी । 

पत्रकार भेटे, 'आहा कति राम्रो लेखेको' , नेता भेटे 'तपाइको भाषणको फ्यान भएँ म' ' , कर्मचारी भेटे ' गाँउघरतिर तपाइ त निकै जुझारु हुनुहुन्छ भन्ने हल्ला छ नी ' । 

अरे बाफ रे !  सव वनावटी । 

कोहि कलाकार भेटे कहिल्यै नाच हेरेको होस नहोस भनिदिन्छौँ  ,'वाह ! वाह ! कति राम्रो नाच्न सकेको तिमी ।'  व्यापारी भेटे पनि छाड्दैनौ हामी , भन्छौँ , 'तपाईलाइ त मान्नै पर्छ, सानोबाट शुरु गरेर यत्रो वनाउनु भएछ व्यापार, दुइ चारवटा घडेरि पनि किन्नु भाछ रे ।' 

सानोतिनो नै किन नहोस लेखक भेटे भनिहाल्छौँ , 'तपाइको त्यो नयाँ किताव छ नी , अहिले मदन पुरस्कार पाउन योग्य कितावै त्यहि हो ।'  वकिललाइ भेटे,  'तपाइले त न्यायाधिषलाइ र्याखर्याखती पार्नुहुन्छ रे ।'  प्रहरीलाइ भेटे 'देशको सच्चा जवान चाँहि तपाइजस्तै हुनुपर्छ।'  

सिकर्मी, डकर्मि, नेता, पत्रकार, वकिल, न्यायाधिष, प्रहरी , कर्मचारी र यी वाहेक जो जति छन ती सवै कोहि बाँकि छैनन यो प्रशंसावादको महामारिबाट । 

म पनि त यी मध्ये एउटा हुँ , अनि तपाइ पनि त हो नी है , के हामी पनि चोखो होउँला र ? 

दोष भगवानलाइ, रहर होइन बाध्यता (ब्लग )



दिनेश गौतम

अल व्याड थिङ;  ह्यापन्ड विकज अफ गड हामी सवै यहि भन्छौ , यहाँ जे नराम्रो हुन्छ , त्यसमा भगवान दोषि छन ।

हामी किन छौँ  किनभने यहाँ हाम्रो अस्तित्व छ र यहिँ रचिएको छ हाम्रो जीवन । हामी यहि रहनुपर्छ जहाँ रहन पर्नेछ वा रहनु अनिवार्य छ । मन त कसैको पनि कहिल्यै एकनाश हुदैँन कसैप्रति , वदलिन्छ वारवार जति तपाईँ वदलिन चाहनुहुन्छ वा सक्नुहुन्छ । 

कहिलेँकाहिँ तपाईँले चाहेभन्दा बढी वदलिनुहुन्छ तपाईँ र त्यतिवेला तपाईलाई लागेको हुनुपर्छ ,‘यो सव भाग्यको खेल हो ।’ 
मलाई अनि सवैलाई , यो संसारका सवैमानिसलाई लाग्ने त्यहि हो ,राम्रा कुराहरु सवै हाम्रो प्रयत्नबाट भएका हुन्छन र जति नराम्रा कार्यहरु हामीबाट हुन्छन , हामी सोच्छौँ, त्यो सव नियतको खेल हो । 

भाग्यले हामीलाई साथ दिएकै होईन । मैले उल्लेख गर्न खोजेको यहि हो,हाम्रो मस्तिष्क किन हाम्रा सकारात्मक प्रतिफलहरु वा प्रगतिको जश मात्र लिन खोज्छ । र नबुझेको कुरा पनि यहि हो किन मान्छे आफै बाट घटाइएको घटनाबाट सृजित नकारात्मक परिणामको जिम्मेवार भाग्यलाई वा नियतलाई वा ईश्वरलाई वा अरुलाई ठान्छ । साँच्चै अविवेकशिल छ मान्छे कमसेकम आफ्नो मामलामा ।

अव्दुल कलाम M एक अपवाद

भारतका एक पुर्व राष्ट्रपति एपिजे अव्दुल कलामको गतवर्ष निधन भयो । खासगरि विद्यार्थी जगतका लागि संसारकै एक उत्कृष्ट प्रेरणा मानिने अव्दुल कलाम जो भारतमा ‘मिसाईल मेन’ भनेर चिनिन्छन्,उनको एक घटना निकै चर्चित छ यो माथि उठाइएको मामिलामा । 


भन्न खोजेको , मानिसहरुले सफलताको श्रेय आफुले लिने तथा असफलताको कारण अरुलाई नै देख्ने जो प्रवित्ति आम मानिसमा हावि छ वा देखिन्छ , त्यसको ठ्याक्कै विपरीत थिए कलाम ।

प्रसंग छ , जव अब्दुल कलामको नेतृत्वमा भारतमा मिसाईल निर्माण तथा विकासको क्रम चलिरहेको थियो , त्यतिवेला मिसाईल निर्माणको प्रयास सुरुवातमा असफल भएको थियो ।

 त्यो असफलतालाई लिएर अनेक टिपाटिप्पणी उठाइएको  थियो र भारतीय मिडियाले जसले आवश्यकता भन्दा बढी नै आलोचना गर्न खोज्दछन् , मिडियाले उनको टीममा सहभागी धेरै वैज्ञानिकको कडा आलोचना गरेका थिए । 

त्यो मिसाईल निर्माण असफल हुनमा पुर्ण रुपमाती वैज्ञानिकहरु दोषि हुन भन्ने मिडिया तथा अन्य व्यक्तिको निष्कर्ष थियो साएद । तर जव पत्रकारको समक्ष अव्दुल कलाम पुगे र उनले आफ्नो टीममा रहेका वैज्ञानिकहरुको आलोचना भएको थाहा पाए , त्यसको डटेर प्रतिकार गरे ।

 श्पस्ट रुपमा भने कि ,‘हामी जे जति रुपमा असफल भएका छौँ , त्यो सम्पुर्णको दोषि म छु । म नेतृत्वकर्ता हुँ र यो असफलताको जिम्मेवारी त मैले लिनुपर्दछ । तपाईँहरु किन त्यसै यी मैले जे गर्न लगायो त्यहि गर्ने वैज्ञानिकहरुको आलोचना गर्नुहुन्छ ?कति सक्नुहुन्छ मेरो आलोचना गर्नुस ।’ 

त्यो सुनेर मिडियाका मान्छे अवाक भए । र इतिहासमा त्यसपछि कहिल्यै पनि अब्दुल कलाम र उनको टीम आलोचित हुन परेन । त्यसपछिको प्रयासमा उनीहरु सफल भए र मिसाईल निर्माण सम्पन्न भो । फेरि भारतीय मिडियाका व्यक्तिहरु आए र तीनीहरुले अब्दुल कलामको जयजयकार गर्न थाले । 

यसको प्रत्युत्तरमा अब्दुल कलामले भने , ‘तपाईँहरु नै होईन जसले अघिल्लोपटक हाम्रो टीम मिसाईल निर्माणमा असफल हुँदा यी वैज्ञानिकहरुको आलोचना गरेको?अनि आज चाँहि सफलताको श्रेय मलाई दिँदैहुनुहुन्छ ? यो जति सफलता प्राप्त भएको छ , यो सवै उहाँहरुको कारण संभव भएको हो ।यसमा त म मात्रै सहयोगी हुँ र यस कार्यका लागि मैले उहाँहरुलाई उत्प्रेरीत मात्र गरेको हुँ ।’
eujfgsf] dkfOTj 

हरेक मान्छे कलाम जस्तो वन्नै सक्दैन । अझँ भन्दा त अधिंकाश मान्छे कलाम जत्तिको वन्न सक्दैन र त्यसैले पनि कलाम कलाम जस्ता वन्न सकेका हुन । भारतीय समुदायमाझ मात्र नभएर सारा संसार भरी उनको गुणगान गरिन्छ । 
यसको थप अर्थ के लाग्छ भने , तपाईँ अरुभन्दा फरक अझँ लगभग भन्दा फरक बन्नुहुन्छ भने समय तपाईँकै पक्षमा हुनेछ , जसरी समय एपिजे अव्दुल कलामको पक्षमा थियो ।

हाम्रा सोचहरुले निम्ताउने आशा , आशाहरुका वलहरुमा हुने कर्म  सधैँ हाम्रो लागि सकारात्मक हुन्छन र जव त्यसको परिणाम हामी भोग्छौँ वा महशुस गछौँ , त्यसबाट त्यसको स्वामित्व वदलिन्छ । 

राम्रो र सोचेजस्तै नतिजा आयो भने त्यो कर्मको फल हो , त्यो हाम्रो मिहिनेतको उपज हो भन्ने हामी सोच्दछौँ र त्यहि कर्मले दिने फल आफु प्रतिकुल भयो भने नी त्यो हाम्रो कारण होईन , सारा भगवानको कारण वा हामीले विश्वास गरेको कुनै दैविक शक्तिको आडमा भैरहेको छ र यसमा हामी कत्तिपनि दोषि छैनौँ । फेरि पनि भनेँ , हो हामी मानिसहरु साच्चैँ अविवेकशिल छौँ ।

  गीतामा कृष्णको भनाईलाई सारा हिन्दु धर्मालम्बीहरु प्रेरणाको स्रोत मान्दछन । उनका प्रत्येक भनाईहरु जीवन जिउने आधार भएका मान्दछन केहि मानिसहरु । ‘यो संसारमा जे जति राम्रो छ वा भएको छ वा भएको थियो वा भएको हुनेछ , त्यो सव मेरो कारणनै हुनेछ’ भनेर कृष्णले आत्मालाप  गरेका छन गीतामा । 

अनि यो संसारमा जति नराम्रो हुन्छ , त्यसको जस कसले लिने नी ? हामीले नराम्रा प्रतिफल सवै भाग्य वा भगवानको कारण भएको भन्छौँ । भगवान स्वयंम आफु यो संसारमा राम्रो काम गर्नका लागि मात्र अस्तित्वमा रहेको जिकिर गर्छन ।
 हामीले भगवानलाई दोष लगाउने , भगवानले आफुमा कुनै दोष नरहेको भन्ने , खास त्यहाँ कसले झुट वोलेको छ । यी दुवै सत्य हुनै सक्दैन र यी दुवै झुट पनि हुन जटिल छ । 

साएद यहाँ पनि मान्छेहरु भगवानको अविवेकशिलता देख्दा हुन् , अरुलाई दोष थुपार्ने वानी जो परेको छ र यदि भगवान छन भने उनले पनि त्यहि देखेका होलान , यो सवै मानिसहरुको अविवेकशिलता हो ।
गीताबाट कृष्ण जोगिन्छन , महाभारतबाट पाण्डव , रामायणबाट राम । वाइवलमा जिसस क्राइस्ट आफुले गरेको कुनै पनि काम गलत नहुने बताँउछन । 

कुरानमा पनि साएद त्यस्तै लेखिएको होला । सवै भगवान मानिएकाहरुको कुरा एउटै हो , उनीहरु जे गर्छन राम्रै गर्छन । 
हामी सवैको भनाई पनि एउटै हो , यो संसारमा हामी जति पनि असहज स्थीतिको सामना गरिरहेका हुन्छौँ वा गर्न परेको हुन्छ, त्यो भाग्यको उपज हो वा यसमा पुर्ण रुपमा भगवानको हात छ ।

अन्तिममा भन्न सकिन्छ, मानिस भगवान भन्दा बाठा छन र भगवान मानिसभन्दा बाठा छन । 
वास्तवमा दुवै वाठा छन । र उनीहरुको वाठो बन्ने जुनसुकै तयारीहरु किन नहुन, ती सव दोषबाट उम्कने उपाए मात्रै हो । जे भएपनि यी दुवै दोषि छन र निर्दाेश पनि छन यी दुवै । 

अर्थात जे भइरहेको छ वा जे हुनलाई जे भइरहेको छ , त्यो त्यहि हालतमा त्यो गर्नेलाई जे महशुस गरेको छ , त्यहाँसम्म सहि छ । उसले गलत सम्झे गलत छ । सोचमै भरिएको सवै , अडिएको छ सवै । मान्छे भएकै हुनाले मैले पनि भन्नै पर्ने हुन्छ , र भगवान पनि  निर्दाेष छैनन ।

x}g t < 

जीन्दगी भइदिए त सोचेजस्तै ...(ब्लग)




दिनेश गौतम 



र यी कुराहरु पनि यथावत नै छन आँखै सामुन्ने ।

आँखामा राखिएका प्रत्येक व्यक्ति विषय वा घटनाको फेहरीस्त उतार्न परे खोल्दिँउला , आँखा जहाँ सँग्रह छ केहि सपनाहरुको , जहाँ भण्डार नै छ अनगिन्ती आवश्यकताहरुको र जहाँ अभाव छ दौलतको,माया,ममता,साथ र सहयोगको । यी यीनै आँखा हुन । खोल्दिउँला एकपटक । 

   मनमै राखेर , मनमै गुम्साएर , मनबाट फुत्किन नदिईकन के राख्नु थियो र ? राख्नु पनि त जायज थिएन । सड्थ्यो होला नी , त्यहि भएर पनि मनमा रहेनन त्यस्ता कुरा र आज सोच्दँछु कि ती मनमै रहन आवश्यक थिए ।

धत्तेरी ! अल्ली ठुलै गल्ती गरिएछ कि के हो ? जे होस , भै त जाला गुजारा । 

   ओशोको चिन्तनदेखि बडो चिन्तनवादी बनेको दिमाग यतै नेपालका विकाशानान्दका केहि कुराहरु सुन्दा भर्चुअल हुन्छन । इन्टरनेटको एउटा छेउमा प्रेमिकाको तस्विरसँग विचार साट्दा उता ओवामाको भाषण सुनेर संसार भनेकै अमेरीका हो कि भन्ने पनि लाग्ने । 

फेरि उहि विश्वको बारेमा सोचिरहँदा उत्तर कोरियाको किम जोङ उङको बारेमा सुनेपछि मन मोडिन्छ , सोच वदलिन्छ । हैन रैछ , अमेरीकालाई पनि हाँक दिन सक्ने देश रैछ भन्ने लाग्छ । र यो मन हो नी , त्यहि वेला आइदिन्छ विचार , यो भन्दा राम्रा अरु प्रेमिका पनि त पाइएलान । 

सम्झियो अमेरीकाको लागि उत्तरकोरिया के त ?अनि युरोपका चर्चमा गरिने विश्वशान्तीको प्रार्थनासभाका तस्विरहरु सार्वजनिक नहुँदै  सिरीयाली शरणार्थीहरुको दुखद र अत्यन्त कारुणिक तस्विरहरु आइदिन्छन इन्टरनेटमा , हेर्छन आँखाले , दुख्छ मन र सोच्छ दिमागले । 

बुद्ध कति सहि थिए , भन्थे ‘संसारमा दुख छ । दुखको कारण छ ।’ हो रै छ । त्यहि त देखियो नी । उनले पहिल्यै थाहा पाए , महशुस पनि गरे हुँदा हुन  , हेर्नुस पच्चीस सय वर्ष अगाडी । त्यो वेला पनि त हुँदो हो नी केहि न केहि अहिलेजस्तै दुख । अहिले त के छ र ? एक सय एक प्रतिशत दुख , मात्रै दुख नी । 

 अल्ली ‘नी’ जोडेर लेख्ने वानी परेको छ । वास्तवमा यो ‘नी’ लाई मान्छेहरु पुर्विय भाषा भन्छन । अलि चेपारो पारेर , गाँउघरकै भाषामा ‘काउला पारेर’ वोल्दा प्रयोग हुन्छ रे यो ‘नी’ । मलाई पनि त्यसको प्रभाव नपरेको होला म भन्न सक्दिन । जे होस न । म भन्दै थिँए , दिमाग र मनको विषय कति जटिल छ भनेर ? विद्यार्थीहरुको दिमागले हरहमेशा त्यहि सोचिरहेको हुन्छ, पढ्नुपर्छ । 

के गर्नु विचमै आइदिन्छ मन बाधक बनेर । मनले भन्छ,‘पढेर के हुन्छ ?’ र मनले नै पढेर के हुन्छ को जवाफ नदिएरै पढाई बाहेकका अन्य काममा मान्छेलाई बहलाइदिन्छ । पहिले पहिले मदिरा तिर जान्थ्यो होला मान्छेको ध्यान , अहिले त्यसको लागि इन्टरनेट छँदै छनी । 



मनको कुनै आकार छैन , प्रकार छैन । पण्डितहरु मनको प्रकार चाँहि छ भन्छन होला कठोर मन र कोमलो मन । ख्वै त ? कठोर मन भएका भनिएकाहरु पनि अवस्था अनुसार कोमलो भइदिन्छन । कोमलो मन भएकाहरु वा कोमलो मन भएको भनिनेहरु त झनै , उफ कठोर मन भएकाहरु भन्दा पनि कठोर भइदिन्छन । त्यसले मनको प्रकारमा विवाद छ ।

हामी विवादित कुरामा किन जाँउ र ?यहाँबाट त उम्किनै पर्ला जस्तो छ । वास्तवमा मन त अवस्था हो , त्यस्तो अवस्था जुन हरेक अवस्था वा अवस्थीतिमा भइदिन्छ फरक , कैलेकाँहि थोरै फरक , कैलेकाँहि धेरै फरक । त्यहि भएर पनि एकछिनमा कति फरक हुन्छ मान्छे , मिनेट अगाडी नचिनेको मान्छे छिनभरमै आत्मीए वन्दा उता वर्षौदेखी निकै समिपमा रहेकाहरुले मिनेटमै निकै लामो दुरी तय गरेको पनि उदाहरण छन हामीसँग । 

रहेछ , यो सव मनको कमाल रहेछ । कहिलेकाँहि अरुको कथा सुनेर हाँस्नु पर्ने यहि मनलाई , कहिलेकाँहि अरुकै बारेमा सुनेर रुनुपर्ने यहि मनलाई । अरुको मन दुखाउने पनि यहि मन , अरुलाई खुशी बनाउन सक्ने पनि यहि मन । अरुको दुखलाई आफनै दुख सम्झिने देखि अरुलाई दुख दिँदा आफुलाई सुख भएको अनुभुती गर्न सक्ने वा गराउन सक्ने पनि यहि मन । यो मन त वडो अजिवको रैछ । 
लाग्दछ , यो मन त बडो गजवको रैछ । 

    दिमाग सोच,विचार,गन्थन , मन्थनको लागि चर्चित छ , मन भावना,अनुभुती वुझाई लागि । कत्ति सम्म फरक छ भने म्याथम्याटिक्स फमुर्ला वुझनु दिमागको काम हो भने प्रेमिकाको मनको कुरा बुझ्नु मनको काम । फेरि ओवामाको मन वा लादेनको मनमा आकाश पातालको फरक छ ।

फेरि रामको मन र रावणको मन कति फरक छ । बुद्धको मनले शान्ती सोच्दा अहिले आइएसएसमा संलग्नहरुको मनले शान्ती कल्पनै गर्न सक्दैन । मन त मन न हो , छिमेकीको मन , परिवारको मन , साथीभाईको मन , जीवनसाथीको मन र आफनै मन । 

जो सवै एकअर्कामा निकै फरक छ , आफनै मनमा पनि निकै फरक छ र त्यहि फरकले मनको पहिचान छ ।  हो मन मननै हो । यो मन त मन नै हो । मन , जो तपाईहामी भौतिक रुपमा देख्दैैनौँ र पनि भन्छौँ मन दुख्यो । मन , दुख्यो भनेर तपाई जाने कुनै डाक्टर छैन । होस पनि कहाँबाट,  यहाँ मनको कुनै अस्तित्व छैन । वास्तवमा रहेछ त केवल यो मन एउटा भावनाहरुको अस्थिपन्जर ।



हामीले सोचेभन्दा अलि फरक । हामीले बुझेभन्दा अलि अप्ठेरो । हामीले देखेभन्दा अलि धमेलिएको । हामीले सम्हालेको भन्दा वेसिनै मात्तिएको । मन , ए मन अव मन भौतिक रुपमा हेर्न सकिने हुन जरुरी छ । जसरी पनि , जुनसुकै हालतमा पनि । जे पनि रोक्ने त यहि मन रहेछ । 

   सोचेर भ्याएसम्मका , देखेर  ठम्माएसम्मका , भेटेर ल्याएसम्मका सवै कुराको सँग्रह छ दिमागमा । देशको इतिहास देखि विश्वको भविष्य सम्मको आँकलन गर्ने सक्ने क्याल्कुलेटर छ दिमागमा । घरको चिन्ता देखि पढाइको चिन्ता सवै चिन्ताहरु चिन्तन गर्नै पर्ने छ यहि दिमागले । 

नबुझेकालाई कुरा बुझाउन , लेखाउन , पढाउन , सिकाउन , विकाउन ,रिझाउन , रिसाउन वा जे जति गर्न पर्नेछ दिमागले सोच्छ । धेरै जसो त दिमागले सोच्न नपाउँदै मनले केहि अनौठो गरिदिन्छ कि भन्ने डर । दिमागले नसोच्दैँ मनले जिव्रोमा ल्याएर केहि राख्दिन्छ कि भन्ने डर । 

त्यसैले पनि भनिएको हुन सक्छ ,
  जिब्रोमा लागेको घाउ सवैभन्दा छिटो निको हुन्छ र जिब्रोले दिएको घाउ सवैभन्दा ढिलो ।