हामी किन छौँ किनभने यहाँ हाम्रो अस्तित्व छ र यहिँ रचिएको छ हाम्रो जीवन । हामी यहि रहनुपर्छ जहाँ रहन पर्नेछ वा रहनु अनिवार्य छ । मन त कसैको पनि कहिल्यै एकनाश हुदैँन कसैप्रति , वदलिन्छ वारवार जति तपाईँ वदलिन चाहनुहुन्छ वा सक्नुहुन्छ ।
कहिलेँकाहिँ तपाईँले चाहेभन्दा बढी वदलिनुहुन्छ तपाईँ र त्यतिवेला तपाईलाई लागेको हुनुपर्छ ,‘यो सव भाग्यको खेल हो ।’
मलाई अनि सवैलाई , यो संसारका सवैमानिसलाई लाग्ने त्यहि हो ,राम्रा कुराहरु सवै हाम्रो प्रयत्नबाट भएका हुन्छन र जति नराम्रा कार्यहरु हामीबाट हुन्छन , हामी सोच्छौँ, त्यो सव नियतको खेल हो ।
मलाई अनि सवैलाई , यो संसारका सवैमानिसलाई लाग्ने त्यहि हो ,राम्रा कुराहरु सवै हाम्रो प्रयत्नबाट भएका हुन्छन र जति नराम्रा कार्यहरु हामीबाट हुन्छन , हामी सोच्छौँ, त्यो सव नियतको खेल हो ।
भाग्यले हामीलाई साथ दिएकै होईन । मैले उल्लेख गर्न खोजेको यहि हो,हाम्रो मस्तिष्क किन हाम्रा सकारात्मक प्रतिफलहरु वा प्रगतिको जश मात्र लिन खोज्छ । र नबुझेको कुरा पनि यहि हो किन मान्छे आफै बाट घटाइएको घटनाबाट सृजित नकारात्मक परिणामको जिम्मेवार भाग्यलाई वा नियतलाई वा ईश्वरलाई वा अरुलाई ठान्छ । साँच्चै अविवेकशिल छ मान्छे कमसेकम आफ्नो मामलामा ।
अव्दुल कलाम M एक अपवाद
भारतका एक पुर्व राष्ट्रपति एपिजे अव्दुल कलामको गतवर्ष निधन भयो । खासगरि विद्यार्थी जगतका लागि संसारकै एक उत्कृष्ट प्रेरणा मानिने अव्दुल कलाम जो भारतमा ‘मिसाईल मेन’ भनेर चिनिन्छन्,उनको एक घटना निकै चर्चित छ यो माथि उठाइएको मामिलामा ।
भन्न खोजेको , मानिसहरुले सफलताको श्रेय आफुले लिने तथा असफलताको कारण अरुलाई नै देख्ने जो प्रवित्ति आम मानिसमा हावि छ वा देखिन्छ , त्यसको ठ्याक्कै विपरीत थिए कलाम ।
प्रसंग छ , जव अब्दुल कलामको नेतृत्वमा भारतमा मिसाईल निर्माण तथा विकासको क्रम चलिरहेको थियो , त्यतिवेला मिसाईल निर्माणको प्रयास सुरुवातमा असफल भएको थियो ।
त्यो असफलतालाई लिएर अनेक टिपाटिप्पणी उठाइएको थियो र भारतीय मिडियाले जसले आवश्यकता भन्दा बढी नै आलोचना गर्न खोज्दछन् , मिडियाले उनको टीममा सहभागी धेरै वैज्ञानिकको कडा आलोचना गरेका थिए ।
त्यो मिसाईल निर्माण असफल हुनमा पुर्ण रुपमाती वैज्ञानिकहरु दोषि हुन भन्ने मिडिया तथा अन्य व्यक्तिको निष्कर्ष थियो साएद । तर जव पत्रकारको समक्ष अव्दुल कलाम पुगे र उनले आफ्नो टीममा रहेका वैज्ञानिकहरुको आलोचना भएको थाहा पाए , त्यसको डटेर प्रतिकार गरे ।
त्यो मिसाईल निर्माण असफल हुनमा पुर्ण रुपमाती वैज्ञानिकहरु दोषि हुन भन्ने मिडिया तथा अन्य व्यक्तिको निष्कर्ष थियो साएद । तर जव पत्रकारको समक्ष अव्दुल कलाम पुगे र उनले आफ्नो टीममा रहेका वैज्ञानिकहरुको आलोचना भएको थाहा पाए , त्यसको डटेर प्रतिकार गरे ।
श्पस्ट रुपमा भने कि ,‘हामी जे जति रुपमा असफल भएका छौँ , त्यो सम्पुर्णको दोषि म छु । म नेतृत्वकर्ता हुँ र यो असफलताको जिम्मेवारी त मैले लिनुपर्दछ । तपाईँहरु किन त्यसै यी मैले जे गर्न लगायो त्यहि गर्ने वैज्ञानिकहरुको आलोचना गर्नुहुन्छ ?कति सक्नुहुन्छ मेरो आलोचना गर्नुस ।’
त्यो सुनेर मिडियाका मान्छे अवाक भए । र इतिहासमा त्यसपछि कहिल्यै पनि अब्दुल कलाम र उनको टीम आलोचित हुन परेन । त्यसपछिको प्रयासमा उनीहरु सफल भए र मिसाईल निर्माण सम्पन्न भो । फेरि भारतीय मिडियाका व्यक्तिहरु आए र तीनीहरुले अब्दुल कलामको जयजयकार गर्न थाले ।
यसको प्रत्युत्तरमा अब्दुल कलामले भने , ‘तपाईँहरु नै होईन जसले अघिल्लोपटक हाम्रो टीम मिसाईल निर्माणमा असफल हुँदा यी वैज्ञानिकहरुको आलोचना गरेको?अनि आज चाँहि सफलताको श्रेय मलाई दिँदैहुनुहुन्छ ? यो जति सफलता प्राप्त भएको छ , यो सवै उहाँहरुको कारण संभव भएको हो ।यसमा त म मात्रै सहयोगी हुँ र यस कार्यका लागि मैले उहाँहरुलाई उत्प्रेरीत मात्र गरेको हुँ ।’
eujfgsf] dkfOTj
हरेक मान्छे कलाम जस्तो वन्नै सक्दैन । अझँ भन्दा त अधिंकाश मान्छे कलाम जत्तिको वन्न सक्दैन र त्यसैले पनि कलाम कलाम जस्ता वन्न सकेका हुन । भारतीय समुदायमाझ मात्र नभएर सारा संसार भरी उनको गुणगान गरिन्छ ।
यसको थप अर्थ के लाग्छ भने , तपाईँ अरुभन्दा फरक अझँ लगभग भन्दा फरक बन्नुहुन्छ भने समय तपाईँकै पक्षमा हुनेछ , जसरी समय एपिजे अव्दुल कलामको पक्षमा थियो ।
हाम्रा सोचहरुले निम्ताउने आशा , आशाहरुका वलहरुमा हुने कर्म सधैँ हाम्रो लागि सकारात्मक हुन्छन र जव त्यसको परिणाम हामी भोग्छौँ वा महशुस गछौँ , त्यसबाट त्यसको स्वामित्व वदलिन्छ ।
राम्रो र सोचेजस्तै नतिजा आयो भने त्यो कर्मको फल हो , त्यो हाम्रो मिहिनेतको उपज हो भन्ने हामी सोच्दछौँ र त्यहि कर्मले दिने फल आफु प्रतिकुल भयो भने नी त्यो हाम्रो कारण होईन , सारा भगवानको कारण वा हामीले विश्वास गरेको कुनै दैविक शक्तिको आडमा भैरहेको छ र यसमा हामी कत्तिपनि दोषि छैनौँ । फेरि पनि भनेँ , हो हामी मानिसहरु साच्चैँ अविवेकशिल छौँ ।
गीतामा कृष्णको भनाईलाई सारा हिन्दु धर्मालम्बीहरु प्रेरणाको स्रोत मान्दछन । उनका प्रत्येक भनाईहरु जीवन जिउने आधार भएका मान्दछन केहि मानिसहरु । ‘यो संसारमा जे जति राम्रो छ वा भएको छ वा भएको थियो वा भएको हुनेछ , त्यो सव मेरो कारणनै हुनेछ’ भनेर कृष्णले आत्मालाप गरेका छन गीतामा ।
अनि यो संसारमा जति नराम्रो हुन्छ , त्यसको जस कसले लिने नी ? हामीले नराम्रा प्रतिफल सवै भाग्य वा भगवानको कारण भएको भन्छौँ । भगवान स्वयंम आफु यो संसारमा राम्रो काम गर्नका लागि मात्र अस्तित्वमा रहेको जिकिर गर्छन ।
हामीले भगवानलाई दोष लगाउने , भगवानले आफुमा कुनै दोष नरहेको भन्ने , खास त्यहाँ कसले झुट वोलेको छ । यी दुवै सत्य हुनै सक्दैन र यी दुवै झुट पनि हुन जटिल छ ।
साएद यहाँ पनि मान्छेहरु भगवानको अविवेकशिलता देख्दा हुन् , अरुलाई दोष थुपार्ने वानी जो परेको छ र यदि भगवान छन भने उनले पनि त्यहि देखेका होलान , यो सवै मानिसहरुको अविवेकशिलता हो ।
गीताबाट कृष्ण जोगिन्छन , महाभारतबाट पाण्डव , रामायणबाट राम । वाइवलमा जिसस क्राइस्ट आफुले गरेको कुनै पनि काम गलत नहुने बताँउछन ।
कुरानमा पनि साएद त्यस्तै लेखिएको होला । सवै भगवान मानिएकाहरुको कुरा एउटै हो , उनीहरु जे गर्छन राम्रै गर्छन ।
हामी सवैको भनाई पनि एउटै हो , यो संसारमा हामी जति पनि असहज स्थीतिको सामना गरिरहेका हुन्छौँ वा गर्न परेको हुन्छ, त्यो भाग्यको उपज हो वा यसमा पुर्ण रुपमा भगवानको हात छ ।
हामी सवैको भनाई पनि एउटै हो , यो संसारमा हामी जति पनि असहज स्थीतिको सामना गरिरहेका हुन्छौँ वा गर्न परेको हुन्छ, त्यो भाग्यको उपज हो वा यसमा पुर्ण रुपमा भगवानको हात छ ।
अन्तिममा भन्न सकिन्छ, मानिस भगवान भन्दा बाठा छन र भगवान मानिसभन्दा बाठा छन ।
वास्तवमा दुवै वाठा छन । र उनीहरुको वाठो बन्ने जुनसुकै तयारीहरु किन नहुन, ती सव दोषबाट उम्कने उपाए मात्रै हो । जे भएपनि यी दुवै दोषि छन र निर्दाेश पनि छन यी दुवै ।
वास्तवमा दुवै वाठा छन । र उनीहरुको वाठो बन्ने जुनसुकै तयारीहरु किन नहुन, ती सव दोषबाट उम्कने उपाए मात्रै हो । जे भएपनि यी दुवै दोषि छन र निर्दाेश पनि छन यी दुवै ।
अर्थात जे भइरहेको छ वा जे हुनलाई जे भइरहेको छ , त्यो त्यहि हालतमा त्यो गर्नेलाई जे महशुस गरेको छ , त्यहाँसम्म सहि छ । उसले गलत सम्झे गलत छ । सोचमै भरिएको सवै , अडिएको छ सवै । मान्छे भएकै हुनाले मैले पनि भन्नै पर्ने हुन्छ , र भगवान पनि निर्दाेष छैनन ।
x}g t <



No comments:
Post a Comment