Saturday, January 14, 2017

कविता : सरकार र सपना

    दिनेश गौतम 


ए सरकार ?
तिमी सरकार भएर गर्न नसकेको ,
तिमी शक्ति भएर व्यहोर्न नसकेको ,
कर्म , काण्ड र कल्याण,
म एक्लो मनुवाले गर्न सकुँला र ?

पछाडी फर्केर हेर्दा अस्ताउन लागेको घाम बाहेक ,
अगाडी फर्केर हेर्दा छिया छिया भएका ठाम बाहेक,
मेरा यी स्वार्थी आँखाहरु अरु केहि देख्न सक्दैनन ,

ए सरकार !
तिमीलाई देख्न भनेर सुदुरको मान्छे ,
तिमीलाई भेट्न भनेर पुर्वको मान्छे ,
तिम्रै आँखा अगाडी धर्ना बसेको छ ,
तर तिमीले तिनलाई देख्दैनौँ  ।

ए सरकार !
आँखा भएर पनि तिमी किन यति दुष्ट छौ ,
थाहा छ , तिमीेले देख्ने सपना ,
र यी अवोध मान्छेले देख्ने सपना ,
कति फरक छन ,

मान्छेहरु साझँको गाँसको चिन्ता गर्छन ,
तिमी मान्छेहरुलाई केवुलकारमा चढाउने सपना देख्छौ ।

मान्छेहरु लाज ढाक्नलाई एकसरो कपडा खोज्दैछन ,
तिमी कपडा फ्याक्ट्रि खोलेर रोजगारी दिने सपना देख्छौ ।

मान्छेहरु आफ्नो नाममात्रै लेख्न सक्ने शिक्षित हुन चाहन्छन ,
तिमी हरेक मान्छेहरु पढाएर साहित्यकार बनाउन खोज्छौ ।

मान्छेहरु बाटोमा ह्दिा सुरक्षा होस भन्छन ,
तिमी चोकचोकमा सिसि क्यामेराको प्रचार गर्दै हिड्छौ ।

मान्छेहरु कमसेकम हर साझँ वक्ति मुनि अक्षर कुदाउन चाहन्छन,
तिमी मैनवक्ति मुनि पढीरहेकालाई हजारौँ मेगावाटको सपना पढाँउछौँ ।

मान्छेहरु वर्षामा ओत लाग्न एउटा कटेरो खोजिरहेछन ,
र तिमी , तीनिहरुलाई महल बनाइदिने आश्वासन बाँड्छौ ।

ए सरकार ,
मैले भन्दिन तिमी छैनौ,
तर तिमी भनेको जस्तो छैनौ ।

इँटाहरुका चोटहरबाट सृजित आँशुहरुमा,
म यो देश बनाउने सपना देखिरहेको छु ।

तिमी सेतो फुलेको दारीमा हिमाल झल्काउने आँट किन गर्छौ ?
सरकार मैले भन्दिन तिमी पराई हौ ,
तर तिमी आफ्नै  भने होइनौ ।

सरकार मैले भन्दिन तिमी एकथोक हौ ,
तर तिमी सवैथोक पनि होईनौ ।

तिम्रा आश्वासनमा झुलेका केयौँ रातहरु ,
मान्छेहरु सुन्दर सपनाहरुमा निदाइरहेका हुन्छन ।

तिम्रा योजनाहरुमा देखाइएका बाटाहरुमा ,
मान्छेहर हररात सपनामा हिँडिरहेका हुन्छन ।

दुर्भाग्य , ती मान्छेहरु विपनामा यो कहिल्यै देख्न पाएनन ,
किन थाहा छ सरकार ? तिमी यी मान्छेलाई चिन्दैनौ ।

Sunday, November 13, 2016

'फ्रम इन्डिङ टु विगिनिङ'


सन् २०१६को नोभेम्वर ५ को रात , ११ वज्दै गर्दा म कलमसँग जोडिएको छु । र यो म के लेख्न खोज्दैछु , म जान्दिन ।  यो कथा हो ?  होइन , निबन्ध हो ? होईन ,अनुभव, संस्मरण, भोगाइर्, नियात्रा केहि पनि होइन । हो के त ? पख , म अहिल्यै कसरी भनुँ ? लेखेर सकियोस न , अनि निमी आफैले छुट्याइदिनु , ह्वाट इज थिस ?

आजको दिन विशेष भयो । तिमीसँग धेरैवेर कुरापनि भयो । अव यति धेरै समयसँगै वसेर अन्तरंग कुरा गर्ने दिन आउला नआउला भन्न सकिन्न ।
र गणेश भाई , आज तिमी यो यहाँको औपचारीक वसाइको तीन दिन अगाडी छौ ।

 अवको भेटहरु, सँगतहरु सम्बन्धहरु अहिलेभन्दा कम औपचारीक वा अनौपचारीक भैदेलान भन्ने त्रास छ मनमा र त्यो होला पनि, नहोलापनि ।
सन् २०१४ को यस्तै नोभेम्वर हुँदो हो तिमीसँग भेट भएको । पहिले हामी अल्ली बढी फर्मल थियौँ । तर समय त्यसैमा अडेन ।
हामी विस्तारै  इन्फर्मल भयौ । अझैँ अति इन्फर्मल भयौँ । फर्मल छौँ पनि कहिँ कतै केहि कुरामा । तर मेक्सिमम इन्फर्मल । यो इन्फर्मालीटी कतिन्जेल रहला ?

 हामी रहुन्जेल रहोस तर यस यता तिमी मेरो साथी भयौ , मित्र भयौ , सल्लाह दियौ , साथ दियौ सद्भाव दियौ र केहि ‘अनपेक्षित मोड’हरुमा सहयोग ग¥यौ ।

म क्रृणी छैन त्यसप्रति , वस आभारी छु । र सोच्दछु गणेश भाई , जीन्दगीमा यसरी आभार प्रकट गर्न पाउनु मेरो लागि अहोभाग्य हो ।

       जीन्दगीको दुृई पक्ष छ, कि यो अर्थवान छ कि यो अर्थहिन छ । त्यसैगरी सम्बन्धको पनि त दुइ पक्ष छ कि सम्बन्ध अर्थवान हुन्छ कि सम्बन्ध अर्थहिन हुन्छ ।

मलाइ लाग्छ जीवनको गती र सम्बन्धको लय कहिल्यै ‘एभरेज’ हुँदैन । जिरोबाट शुरु हुन्छ र अधिकतम हुन्छ । कुनैवेला अधिकतमबाट झ¥यो भने जिरो मै पुग्छ ।

यदि मैले अहिले सोचेको जस्तै तिम्ले पनि सोचेका छौ भने हामी अर्थात तिमी र म त्यहि अधिकतममा छौँ । र म चाहन्छु यो अधिकतम नै रहन्छ सदासर्वदा , रहोस पनि ।
मान्छे हिँड्नुपर्छ ।

अmझँ दौड्नुपर्छ । उफ्रनुपर्छ , उड्नुपर्छ । तिमी भर्खर हिँडेका छौ । म पनि हिँडुला केहि समयपछि । तर हिँडाइको पनि त अर्थ हुन्छ ।

 र त्यो हिँडाइको अर्थमा तिमीसँग कुनै दिन छोटो समय भएपनि सँगै हिँड्न पाएछु भने त्यो मेरो लागि उत्सव हुनेछ , त्यो मेरो लागि गौरव हुनेछ ।

सन् २०१५ को सुरुताका मैले तिमीलाई पत्रिकाको लागि केहि लेख्न अनुरोध गरेँ । खासमा त्यो सम्पादकको आग्रह थियो , म मार्फत आएको ।

तिम्ले लेख्यौ , मलाई सुनायौ , मैले सुने , टाइप गरेर पत्रिकामा पठायौँ । र त्यो एउटा सुनौलो क्षण थियो मेरो लागि कि तिमी लेख्न सुरु गर्दै थियौ ।

 तिम्रो ‘क्रियटिभ राइटिङ’को सुरुसुरुको श्रोता थिँए म । त्यसपछि पनि तिमीले निरन्तर लेखिनैरह्यौ । मेरो आशय के हो भने तिम्रो लेखनी यत्तिकैमा नरोकियोस ।

निरन्तर लेखिरहनु । मैले त तिम्रो बारेमा पनि लेखेँ । किन लेखेँ ? किनभने तिमीसँग मेरो लुकाउनुपर्नै केहि थिएन । कसको लागि लेखेँ ? खै त्यो धेरैले पढेनन् । एउटा म आफैँले पढेँ धेरैपटक , अर्काे तिमीले पढ्यौ र अरु केहि सिमित व्यक्तिले पढे ।




जसलाई तिमीसँग जोडिएर मैले लेखेका कुराहरुमा चासो हुन्थ्यो हुन्छ ।  मे वि यो पनि उनीहरुले पढिरहेका छन । अँ अरुले लेखेको कुरा पढ्नु पक्कै पनि पठन संस्कृतीको लागि सकारात्मक कुरा पनि हो ।
त्यो लेख्दा म एउटा विचलित मानसिकतामा थिएँ ।

त्यसवेला सवचिज गलत लागिरहेथ्यो । सवैलाई प्रगतीको वल समातेर स्वार्थको पोस्टमा गोल गर्नु थियो । गरे , मजैले गरे । हार्दिक बधाई । नो थिङ मोर द्यान इट ।

तर अहिले म त्यो भन्दा धेरै कम विचलित छु । र यो लेखिरहँदा मलाई त्यस्ता ‘डिस्क्वालिफाइड प्लेएर’ प्रति कुनै गुनासो पनि छैन । म उनीहरुलाई हरेक पटक विर्सिरहेको छु ।

तिमीसँगको सम्बन्ध स्थीर छ । तर यसविचमा म त बडो अप्ठेरोमा पो परेँ । तिम्ले त वुझ्छौ नी । राम्रा र आफ्ना भनिएकाहरु टाढा भए , सुरुवातबाटै टाढा भनिएकाहरु आफ्ना भए । कोहि नजिक भए, कोहि टाढा भए । कोहि फिक्का हुँदै गए , कोहि गाढा भए । हुन त भए, जे भएपनि भए ।

 तर तिमी स्थीर छौ । तिमीसँगको सम्बन्ध स्थीर छ । मलाई त्यसैमा खुशी छ । सय जना  दुर्जनको साथ भन्दा एकैजना किन नहोस मित्रजनको साथ उपयुक्त हुन्छ , श्रेष्ठ हुन्छ । म हमेशा यहि सोचिरहेछु ।

   तिमी जाँदैछौ ‘नयाँ मुलुक’मा । करिव ९० किलोमिटर दक्षिण । म यो चाँहि महाभारत र चुरेको विचबाट लेखिरहेछु । तिमी चुरेबाट झरेर भावर काटेर अझँ पर ‘मधेश’ जाँदैछौ ।

तिम्रै बारेमा जम्मै किन लेख्छु म ? नलेखे हुन्न र ? अहँ हुन्न । लेख्नु मेरो कर्म हो र लेख्नु मेरो अनुभवहरुको बाँडफाँड पनि हो । लेख्नु मेरो सिप हो । लेख्नु मेरो रुचि हो । र लेख्नु मेरो सवथोक हो । अनि तिम्रै बारेमा ? अमँ तिमी पनि मेरो लागि लेख्नु जत्तिकै महत्वपूर्ण छौ ।

मलाई अप्ठेरोमा सहयोग गरेका छौ । आक्षेपहरुलाई हटाउन सहयोग गरेका छौ । बरु मैले तिम्रो लागि त केहि गर्न सकिन होला ।
कहिल्यै केहि ? सरी फर दिस वट तिम्ले त धेरैथोक गरे बरु मैले तिम्रो लागि त केहि गर्न सकिन होला । कहिल्यै केहि ? सरी फर दिस वट तिम्ले त धेरैथोक गरेका छौ । र त्यो मैले सम्झनुपर्ने छैन ।
सम्झनुपर्ने यस अर्थमा छैन कि मैले त्यसलाई कहिल्यै विर्सने छैन । नविर्सिएको कुरा सम्झिरहनपर्छ भन्ने मलाई लाग्दैन ।
अरु कुरा पनि त छन धेरै । र ती सवै ‘लोडिङ’ छन । आउनेछन निरन्तर निरन्तर ।।

Friday, September 30, 2016

सल्लाघारीको भिरैभिर (संस्मरण)



''केहि मिठो  वाल्यकाल ,केहि आफैमा विश्वास गर्न नसकिनै आफनै समय ।। केहि समय अगाडी साझा विसौनी दैनिकमा छापिएको यो संस्मरण ”



दिनेश गौतम








भिरालो बाटो, चिप्लो माटो, लड्दै पड्दै आएका हामी !

                 हाम्रो उमेरभन्दा ठ्याक्कै दोब्बर उमेरको ठूलो पानीको मुहान पल्तिरको रामेले भन्थ्यो । हामी सुन्थ्यौं, जब सुन्थ्यौं अनि हामीले सारा भन्ज्याङ्ग सुसेल्ने गरी चिच्याउनुपथ्र्यो,  ‘भइली, भइली’ । हामी स–साना भनिएका चिरविरेहरूलाई त्यहाँ नाँच्नका लागि लगिन्थ्यो ठूला भनिएकाहरूबाट चिच्याउनका लागि र हामी पनि मजैले चिच्याउँथ्यौं ।
                भैलोको टोली कतिसम्म उत्कृष्ट हुन्थ्यो भने एउटा निगांलाको लठ्ठी समातेर च्यातिएका पुरानो झोला सिदा उठाउनको लागि बोकाइन्थ्यो, मादलको नाममा फुटेका ड्रम समातेर । अनि राम्चेखालोको तिरैतिर सात जनाको जम्भो भैलो टोली बृहत भैलो कार्यक्रमको लागि यात्रा सुरुवात गथ्र्याैं । त्यो यात्रा हाम्रो लागि निकै महान रहन्थ्यो । 
                 दिउँसभरी गाउँ डुलेर साँझपख डाँडामा उत्रिँदा गाउँका डुलुवा कुकुरको भन्दा बेहाल हुन्थ्यो शरीर । झोला खाली हुन्थ्यो, झोलामा हाल्न भनेर पाएको दुई÷चार मुठ्ठी मोटा चामल भगवान्का नाममा पेटभित्र हालिन्थ्यो, भोकले सही नसक्नु भएपछि के गर्नु त ? हामीले जिम्मेवारी पूरा गथ्र्यौं नाचेर, गाएर, चिच्याएर, भारी बोकेर । र, त्यसको ज्याला स्वरूप साँझ पिपलडाँडाको चौरमा ज्याला प्रदान गरिन्थ्यो, एक रूपैयाँ । 
                   महिनामा एक चोटी मात्रै जम्माजम्मी पाँच रूपैयाँको मुख देख्न पाउने हाम्रो लागि त्यो विशेष अवसर हुन्थ्यो र एक रूपैयाँको ढकमा आफ्नो दिनभरको परिश्रम बोध गराएर मन खुसी बनाउँदै लाग्थ्यौं, तेर्सैतेर्सै । पर पुगेपछि एउटा पुरानो बाँसघारी आँउछ । के बाँसघारी भनुँम्, केटाकेटी तर्साउने ठाउँ भन्दा पनि हुन्छ । 
                      अँझ के केटाकेटी भन्नु म आफै त्यो महान बाँसघारीबाट उत्पीडित एक बबुरो थिएँ । कहिले काहीं त लाग्थ्यो जाउँ र फाँडिदिउँ त्यो बाँसको झ्याङ्ग, बनाउँसम्म बल खेल्ने ठाम  र खेलुँ बाका पुराना च्यातिएका मोजा गुटमुटाएर बनाएको गौरवशाली बल तर यो सबै मैले सोच्न बाहेक केही गर्न सक्दिनथें ।
                       न त्यो बाँसघारी मेरो थियो त त्यो मेरो बाँसघारी सखाप पार्ने मेरो क्षमता नै थियो । आधा किलोको ठूलो बञ्चरो उचाल्दा तीनपटक लामो सास फेर्नुपर्ने जो अवस्था थियो, बस मनको लड्डु घ्यूसँग खाने बस्ने ।
गाउँको वरवर डाँडामा तेर्साे बाटो छ । बाटो भन्दा उपल्लो पाखोमा अधिंकाश खरले छाइएका घरहरू छन् भने वल्लो पाखोमा सल्ला घारी । सल्लाघारीबाट सिधैं तल झरेपछि धाइराघारी आउँथ्यो । धाइराघारीको बीचमा मडेलाको घारी  थियो त्यतिबेला तर अहिले त धेरै समय भइसकेको छ । 
                            वर्षेनीको ढडेलो र दाउरा अभियानले त्यो छ वा छैन  थाहा भएन मात्रै त्यो मडेलाको गाँजको याद छ, मसित । खासमा मडेलालाई फलफूल मानिएको मात्र हो न कि त्यसमा कुनै ‘फलफूलीय’ विशेषता होस् । जरैजरा भएको रुखमा चढिन्थ्यो, झरिन्थ्यो, पर पुगिन्थ्यो, वर आइन्थ्यो तर त्यो टिपेर प्वाक्क मुखमा हाल्न कहिल्यै मन लागेन । 
                            कहिल्यै हालियो भने खाएको भन्दा धेरै बाहिर फाल्नुपथ्र्यो । हाम्रो लागि एउटा घातक फलफूल थियो त्यो खाउँ सुख छैन नखाउँ झन् सुख छैन । बी डेन्जरस टु अस, अ हार्मफूल थिंग्स !


‘जोगी, आज दिउँसभरी कहाँ गइस् ?’ 
                  सम्झाँझै आकाशमा जुनदेखि नै पाएको हुँदैनथ्यो, एउटा आवाज मेरो वरिपरि बोलिरहेको जस्तो लाग्थ्यो । आवाज जुन म कहिल्यै सुन्न चाहिन त्यतिबेला तर बिडम्वना त्यो दिनहुँ दोहोरिन्थ्यो । त्यो मैले गरेको सत्कर्मको पुरस्कार थियो । 
             एक हिसाबले भनौं न म यो आवाजसँग यति त्रसित थिएँ कि बालखका कति समय यही आवाज सुनेकै भरमा बुढीआमाले घर्तीबाकोमा सातो फुक्न लगेकि हुन् र म दुइ÷तीनदिन ओछ्यानमा बिरामीको रूपमा चकचक गरिरहेंको हुँ । बिरामी हुनुको पनि आफ्नैमा आनन्द थियो, कम्तिमा बिरामीको निहुँमा गुण खान पाइन्थ्यो । बिहान गुण खाइयो भने बेलुकैसम्म हात चपाइरहिन्थ्यो । 
                  बडा झपारो पाइन्थ्यो त्यतिबेला । रिस कतिसम्म उठ्थ्यो भनें बाले पिटेको निउँमा गोठको अथारोमा घर छाउन राखेको खर र भैंसीलाई हाल्न राखेको परालको डल्लोभित्र बिलाइन्थ्यो साँझका एक दुई घण्टा । बालाई डाल्नु निकै गौरवशाली लाग्थ्यो आफूलाई ।
              पिटेको रिसमा परालमा र खरमा सुतेको एकदुई घण्टा पनि उपियाँ र किराहरूको संक्रमण बढेपछि लुरुलुरु लाग्नुपथ्र्यो बुढी आमैको कोठातिर तर पनि न जीवन निराश थिएन । सायद त्यो समय वर्तमान थिएन ।





‘ऊ त्यो डाँडाबाट ढुङ्गा पल्टाउने को हो हँ ? ’
                            पिपलको रुखभन्दा तल्तिरको ठूलो ढुङ्गाबाट भैंसीवानको चौरतिर ढुङ्गा पल्टाउने र त्यसबाट आनन्द लिने सोख हुन्थ्यो हाम्रो । गाउँमा भर्खर–भर्खर ट्याक्टर, जीपहरू गुड्न थालेका थिए । गढीको डाँडाको माथिबाट तल बाटामा ढुङ्गा फालेर बाटो रोकिन्थ्यो जब ट्याक्टरबाट खलासी झरेर हाम्लाई लखेट्थ्यो, त्यस पनि सल्लाघारीको ओरालो भीरमा पिरलमा चिप्लदै नाकपानी पुगिन्थ्यो । 
                      नाकपानी पुगेपछि मात्र मास्तिर हेरिन्थ्यो अनि फेरि साँझसम्म घर पुग्ने दैनिकी नै थियो । त्यो गढीको ऐतिहासिक ढुङ्गाहरू हराउनमा केही न केही  रूपमा हाम्रो पनि हात छ । हामी डन थियौं, डाँका थियौं, हिरो थियौं, खतरानाक थियौं आफैमा, गाउँका अरुले त पत्याइदिए पो हामीलाई । यदि पत्याइदिएको भए त्यतिबेलै आमाको पुरानो च्यातिएको धोतीको एक सुर्काे टाउकोमा बाँधेर हात मुठी पारेर हिँडिन्थ्यो होला, आफूलाई बडो क्रान्तिकारी भन्दै जस्तो कहिले काहीं साँझ पिपलडाँडाको चौरमा हामी फुच्चाफुच्चीले देख्थ्यौं । 

                     धेरै वर्षपछि मात्र थाहा भयो ती त देश बनाउन हिँडेका क्रान्तिकारी रहेछन् । मात्रै त्यति हो तल बुढो मान्छे घाँस काट्न लागेको देख्दादेख्दै डाँडाबाट ढुँगा पल्टाएर भाग्ने यिनै हुन भनेर सबैले चिन्थे । अनि त्यो खवर राष्ट्रिय प्रसारण लाइनबाट घर पुग्थ्यो । 
                      तत्कालै साँझ पर्न नपाउँदै अझ म घर पुग्नासाथ समाचार वाचन सुरु हुन्थ्यो, कति भयानक समाचार वाचन भने त्यही समाचार सुनेरै बिरामी हुनुपरेको अवस्था हुन्थ्यो । समाचारको बीचबीचमा विज्ञापन पनि बजाइन्थ्यो । विज्ञापनको केन्द्रविन्दु भने प्रायः ढाड र गाला हुनेगर्थे । विज्ञापनका डाइरेक्टर बा थिए भने निर्माता आमा ।
                  धेरै समय विज्ञापन र समाचारको श्रृंखला बन्द हुन्थ्यो मात्रै त्यो दिनलाई । फेरि अर्काे दिन समाचार सुन्न जरुर पथ्र्यो । लाग्छ, त्यही विज्ञापनले कहिल्यै पछाडि फर्किन पारेन, आजसम्म पनि । धन्यवाद डाइरेक्टर बालाई ।
गुराँस फुल्ने याम आउँथ्यो । चौध इन्चको सादा टिभीका रंगीन दुनियाँका फिलिम हेर्ने याम आउँथ्यो । निखिल उप्रेति बनेर कान्लाबाट हाम फाल्ने याम आउँथ्यो । मडेला पाक्ने याम आउथ्यो । तिजु पाक्ने, काफल पाक्ने, चुत्रो पाक्ने, मेल पाक्ने याम पनि आउँथ्यो । गुह्य खोलाको चारवटा ढुङ्गाको वरिपरि पौडी खेल्ने याम आउँथ्यो । 
                  बाँदर हेर्ने निहँुमा पौडेलको काँक्रा चोरेर खाने याम आउँथ्यो । बनको छेउमै लगाएको अचार्जाको पिँडालु चोरेर मेलडाँडाको ठूलो ढुङ्गामा आगो बालेर पोलेर खाने याम आउँथ्यो । 
                  अनि त्यही आगो सल्केर वनको माथिल्लो पाखो डढेलोले सखाप हुदाँ पिपलडाँडाको बरको रुखमा बसेर गाउँलेले आगो निभाएको रमिता हेर्ने याम आउँथ्यो । गाउँलेहरू आएर सोध्थे,
‘यो आगो कस्ले लायो ? देखेथ्यौकी ?’
बरको रुखमाथि बसेर बडो सानदार गफाडी भइन्थ्यो र भनिन्थ्यो,
‘तल बजारतिरबाट गुराँस टिप्न आएकाले चुरोट सल्काएर फाल्देका हुन् । हाम्ले यस्तो नगर भन्दा मानेनन् । आगो सल्काएर भागे, ऊ तल त्यो नाकपानीसम्म त लेखेट्यों हामीले ।’ 
                    उनीहरू खितित हास्थे, साएद उनीहरूलाई हाम्रो भाग्ने र भगाउने क्षमताको बारेमा राम्रो ज्ञान थियो । फेरि यस्ता यामहरू कतिसम्म सस्ता भने यिनीहरू वर्षको लगभग समय आइनै रहनुपथ्र्यो । यिनीहरूलाई मैले घरमा समाचार सुनेको हेर्न रहर लाग्दो हो, मेरो मन नहुँदा–नहुँदै पनि यिनिहरू आइनैरहे । सम्झन्छु ती त्यतिधेरै यामहरूले एकैपल्ट बिर्सिए मलाई, अहिले त यिनीहरूलाई समाचार सुन्न मन लाग्दैन रहेछ । 
                     लौ न समाचार नसुनेको धेरै भयो, केही न केही समाचार सुन्ने बहाना बनाइदेउ ।
फूल फुल्थ्यो । झथ्र्यो र तर पनि फेरि फुल्थ्यो र फेरि झथ्र्याे । ती फूलहरूले गाँसे जस्तो गर्थे बालाप्रेमका सुगन्धित मालाहरू ।
                   कति फूलहरू माला बनेर चुँडिन्थे, कति फूल भने माला नबनेरै बोटबाटै झर्नुपथ्र्यो । त्यता फूल फुलिरहे । यतातिर त फुल्नै बिर्सिए । त्यतिबेला लाग्थ्यो, त्यो माथिको आफ्नै डाँडामा लालिगुँरासको झोप्पाहरूमा झाँगिएको त्यो बालप्रेम सहरिया प्रेमकल्पहरूको आगमनसँगै बिग्रह हुनेछ तर भएन । 
                     किन पनि भएन भने त्यो लालिगुँरास डाँडामा झाँगिन कहिल्यै छाडेन र यो निर्मम र कठिन सहरिया परिवेशमा कहिल्यै लालिगुराँस फूलेको देखिएन । सम्झिनु परेको छ ती फूलको इतिहासले जसले लेखाए दुई–चार वटा अक्षरहरू यतै कतै पनि । 
              त्यसैले यी अक्षरहरू गौरवका कुनै गाथा होइनन् मात्रै हुन केबल पछाडि फर्किंदाका तस्बिरहरू । त्यस्ता तस्बिर जुन तस्बिरहरू सजाएर राख्न फ्रेम कहिल्यै बनेन् वा भनौ बनाउन सकिएन  ।

Friday, August 19, 2016

हो, यो पनि पत्र नै हो

               

                         

                   
           



    दिनेश गौतम 




पहिलो कुरा , कति बज्यो घडी हेर्छु । दश बजेर २० मिनेट , १३ तारिख जुन , २०१६ को रात , जेठ ३० , २०७३ । अँ सम्झिए यो दिन म जन्मिएर १९ वर्ष पुग्नुभन्दा दुई दिन अगाडीमात्र हो ।
                 र यो पनि सम्झिँए कि म यो मेरो जन्मदिनको सेलिव्रेसन नगर्नका लागि लेख्दैछु । रिअल्ली भनुँ त , मलाई जन्मदिन सेलिव्रेट गर्न नै आँउदैन र जान्दिँन र मान्दिँन पनि । र यहि आधारमा मलाई तिमी अरुभन्दा फरक छौ भन्न पाइन्न । फरक हुने अरु प्रशस्त आधारहरु पनि छन , जे होस । बाहिर हेरेँ अव पानी पर्दैन ।

                              यो कुरा पानी पर्नु वा नपर्नुबाट शुरु हुन्छ र अन्त्य के मा ? खोई , अन्त्य केमा पुगेर हुन्छ , भगवान जानुन । मेरा दुई चार औलाका डामहरु फालिदिन्छु फेसबुकतिर , ट्विटरतिर र लेखिदिन्छु कि तिमी र म सँगै भएको बखत पानी परोस बेस्मारी । छाता एउटै होस ।
                     लेख्न त लेखिदिन्छु र लेख्दै गर्दा मेरो दिमागको अर्काे पाटो पनि , यदि अर्काे पाटो हुन्छ भने चलिदिन्छ र सोच्दछ , एउटा छाता पनि नहोस त , भिज्दै गए हुन्न र ? हो , अघि भर्खर झरि प¥यो । अहिले सुनसान छ । र त्यहिवेला मैले यी सव सोचेको हुँदो हुँ , अहिले आएर लेख्न खोजेछु । अल्लि स्लो पो भयो कि ?आइ एम टु लेट , सरी फर दिस ।   म जे पनि अल्ली ढिलो गर्ने गर्छु भन्ने तिमीलाई राम्ररी थाहा छ ।
             
                        मैले तिम्ले लेखेका कुरा फेरि पढेँ । यो सहित दुईपटक , पहिलोपटक बाटामा हिँडदै गर्दा पढ्याथेँ । विर्सिएकि छु क्यै कुरा , आफैप्रति पो शंका लाग्यो र फेरि त्यहि कागजतिर तन्किँए , घोत्लिँए र वर्वराएँ । हाँसे , मुस्कुराएँ र अनुहार खुम्चाँए । गजब लेखिचौ भन्न मन लाग्यो , मोवाइल निकाले , तिम्रो नाम थिचेँ , मोवाइल स्वीच अफ थियो र यी कापि समातेँ । लेख्न थालेँ । यो घटना भएको अहिले मात्रै पाँच मिनेट भएको छ । तिमीले यी अक्षरहरु कम्युटरबाट टाइप गरेको पायौ भने त्यो मेरो कमजोरी हो ।
                      म खासमा अक्षरलाई त्यति कृत्रिम बनाउन चाहन्न , अहँ कत्ति चाहन्नँ । तर मेरो बाध्यता हेरन , म अक्षर लेखनीमा कमजोर छु । जे मा पनि कमजोर छु भनिरहँदा तिमीलाई लागेको होला , कति कमजोर छु मात्रै भन्छ , साच्चैँ भन्दँैछु म धेरै कुरामा कमजोर छु । धेरे कमजोरीको बारेमा तिमी स्वयंम जान्दछ्यौ ।
 म अहिले खराव समयबाट गुज्रिरहेको छु । अझँ त्यो मात्रै नभनौँ यो समय पनि खराव चलिरहेको छ मेरो लागि । खरावीका विविध कारणहरु छन । अहिले त्यसतर्फ नजाँउ । मेरा केहि जोशिला शुरुवातहरु कमजोर भएका छन । त्यसो त मलाई बडो चुनौती देखिएको छ समयले शुरुवातमै । पछि यति त सामना गर्नु नै छ  भनि वर्तमानमा ट्रेलर  देखायो कि नियतीले ।  
                    जे होस बाहिर हाँसे जस्तो पो गरेको छु त , भित्र त के छ के छ ? र यो क्रम एस.एल.सि सकाएसँगै शुरु भएको हो । थाहा छैन यो अन्त्य हुन्छ वा हुन्न ? जे पो होस । र्म ज्ञ ’बाट कखरा पढन शुरु गर्दिन , शुर्रु क’ बाट गर्छु । अर्थात म जे बाट शुरु हुन चाहन्छु वा शुरु हुन पर्छ जस्तो लाग्छ , त्यो नै मेरो लागि अन्तिम सत्य हो र त्यो नै मेरो लागि कर्तव्य पनि ।

केहिसमय अगाडी मात्रै भेट्टाएको एउटा हरफ मैले शेयर गरेको थिँए :
'इश्क ने निकम्मा जो करदिया
बरना हम भि आदमी थे कामके ।'

              बडो मन परेको हो मलाई । यो भनाई खासमा एकजना भारतीय गीतकारको हो जुन मैले कुनै नेपाली पत्रिकामा एकजना साहित्यकारको आलेखमा पढेको हुँ । त्यो इश्क अर्थात प्रेम थियो मेरो पनि । बच्चै थिँए , १४ वर्ष । तर म त ढुंगा थिइन , म पत्थर थिइन । अनि के त, हरेक १४ वर्ष नपुगेका केटाकेटीको मन नै हुँदैन भन्ने छ ? अहँ छैन । १४ वर्ष नपुग्दै संसारका लगभग किशोरकिशोरीका आआफ्ना सुनौला क्षण हुन्छ र ती मध्ये केहि भुल्न आवश्यक हुन्छ वयस्क भएपछि ।
               त्यसमध्येको एउटा क्षण हो मेरो पनि । भुल्न त आवश्यक छ नै तर थोरै जटिल छ । भनिहालेँ नी , इश्क ने निकम्मा जो करिदिया , बरना हम भी आदमी थे कामके । भएको यहि हो र यसमा मेरो आफ्नो केहि पनि दोष छैन भन्ने मलाइ लाग्दछ । म उम्किन मिल्छ , सक्छु र सक्नुपर्दछ । त्यो सव प्रेम थियो र थियो प्रेमको पुरस्कार । यो सँगै मेरो भाग्य वा नियती त्यतिवेला ठिक थिएन , मेरो समय सहि रुपमा चलिरहेको थिएन , यति मात्र बुझेकै जाती ।
                   म तिम्रो नाममा लेख्दैछु तर खै त मलाई आफनो बारेमा मात्र कुराहरु फुरिरहेको छ । तिम्रो बारेमा पनि लेखुँला , पख एकछिन , अहिलेलाई सुन्देउ मेरै अक्रम बक्रम । एक महिने हस्पिटल बसाईँमा मैले मेरा वालाई जुन रुपमा देखेको छु त्यो क्षणले कमाएको प्रियता मेरो लागि अरुकेहि पनि हुनेछैन र मैले हुन पनि दिने छैन । कठोर छु म अलि अरुको लागि , अरुको नजरमा र म सोच्दछुँ म मेरो वाको लागि संसारको सवैभन्दा नरम हुन चाहन्छु ।  




                        उनको बेगर कहिल्यै नचलुँ , उनको वेगर केहि गर्नै नपरोस । मन चन्चले छ अल्ली मेरो , र एउटा अलि कुन भयले सताइरहेको छ भने मेरो विहेको कुरामा मेरो वासँग कठोर भैदिँए भने ? यहि त छ गारो । अहँ म यो हुन दिनेछैन ।
                         शारिरीक कमजोरी समाजको सवैभन्दाविशाल कमजोरी हो देख्नेहरुको लागि  । आफैँ आँखा नदेख्नेले अर्काे आँखा नदेख्नीलाई अन्धो भन्छन नी ,त्यस्तै हो ,म  गाँउतिर जाँदिन धेरैजसो । कारण पहिलो बडा बकम्फुसे छन छिमेकि , नरनातेदार । एकदम अनपढ , अबुझ र ग्वाँरहरु छन ।सेतो चश्मा लगाएर कालो बाहेक अरु नदेख्ने धुर्त छन मेरा छिमेकी । रिअल्ली , आइ हेट देम । त्यै भर पनि म गाँउ जाँन्न ।

' ज्ञवालीकी छोरीको पछि लाग्नाले खजाहा भो '
'केटाकेटीमै बढी चन्चले हुनाले शिव सरको छोराले जिन्दगी विगा¥यो ।'
'थै थै के गरि विहे गर्लास ?'
'हत्तेरिका , क्या खतम ग¥यौ तिमीले जिन्दगी । '

                   म सोच्दछु, म आफुलाई पनि आफ्नो यति चिन्ता गर्दिन जति यी छिमेकीहरु र मेरा आफनै नातेदार भनिनेहरु गर्छन । छोरीको पछि लाग्ने म , विचरीको वाउको नाम काट्छन । अव उसको पनि त नाम किन लिने , विहेवारि गरि वसेकि छ , राम्रो केटो पाकि छ ,मैसँग पनि भेट हुँदा मजैसँग वोल्छे । ममा कुनै गुनासो छैन उसँग , यी छिमेकीहरु बडा बुझकर भएर गुनासो पोख्दारैछन । पातकीहरु ।
                    म बाठो मान्छे छु रे ।यो भन्दा त मलाई गर्व लाग्छ तर तीनीहरुको त्यो तितो जिव्रोले जीन्दगी विगारिस भन्दा त तीनको मुखमै किरा परोस झँै लाग्छ । के विगारेँ यार मैले ।तीनका छोराछोरी , नातीनातीनाहरु अझँ सम्म एसएलसि पास भाछैनन , मेरै पालाका हुन ।मैले एसएलसि सकाएकै छ वर्ष हुन लाग्यो । धेरै कुरा के गर्नु मलाई मेरो छिमेकी र इष्टमित्र मन पर्दैन ।
                   अहिले पनि म जतिसक्दो राम्रो गर्ने यत्नमा छु । पढछु ,लेख्छु ,वोल्छु ,वाठो हुन खोज्छु । यी त मेरा विशेषता । यीनीनै नरहे मेरो अस्तित्व के ? त्यहि गाँउले ग्वाँरको नाती नातीना जस्तो हुनु ? छि त्यस्तो हुनुभन्दा त मरेकै जाती । आइ वान्ट टु वि डिफ्रेन्ट फ्रम देम ।
मेरा कुरा सकिएका छैनन । यी कुरापछि गरुँला । ठुलै मान्छे बनिगएँ भनेपनि आत्मकथा लेखुँला । त्यहिँ लेखुँला सव कुरा , अहिलेलाई यति नै ।

अव तिम्रो कुरा :

                            म माफि चाहन्छु, म तिमीलाइ प्रेम गर्दिन । म तिमीलाई मन पराँउछु । तिमी प्रति त्यति उपद«ो आर्कषण छैन ममा तर सधैँ तिम्रो राम्रो देख्न चाहन्छु । तिम्रो राम्रो हुन , वनाउन मेरो पनि केहि भुमिका रहोस भन्ने चाहन्छु । तिम्लाई पनि झर्काे लाग्दो हो घरी के भन्छ , घरी के भन्छ । घरि अनेकौ सँगको सम्बन्धको कुरा गर्छ , घरि झर्केर वोल्छ , घरि तर्केर वोल्छ । लाग्दो हो कि यो मान्छे खराव छ ।लागोस न । आइ ह्याभन्ट एनी वर्ड टु एक्सप्लान द रिलेशनसिप विथ यु ।
                      म अरुलाई अलि बढी गाली गर्छु , स्वभाव नी त मेरो । तर तिम्लाई अहँ म सक्दिन । म अरुको अलि बढी कुरा काटछु , तिम्रो , नाईँ , नाईँ , नाईँ । म तिम्रो कुरा कसरी काँटु ? म अरुको प्रेमका कुराहरु जान्न चाहन्छु ,उनीहरुको विभिन्न व्यक्तिसँगको सम्बन्धबारे थाहा पाउनुमा आनन्द महशुस गर्छु । तर तिम्रो , अहँ तिमीसँग सम्बन्धीत त्यस्ता व्यक्तिगत कुरामा मेरो कुनै रुचि छैन । तिमीप्रति मेरो एउटै रुची छ , एकदम गहिरो रुचि ।
                       म तिम्रो हर चिजमा प्रगती भएको देख्न चाहन्छु र त्यसको केहि न केहि हिस्सेदार म पनि हुँन सकुँ , यस्तै सोच्छुँ । म सोच्दछुँ , भविष्यमा तिमी जहाँ जाउली , जस्ती हौली , जे बनौली , तिम्रा कुनै करोड मुल्य वरावरको सफलताको पछाडी एक मोहरको हिस्सा मात्रै भएपनि मेरो भइदिए त्यो मेरो लागि ठुलो शौभाग्य हुन्थ्यो । र सफलता एउटा सागर बन्यो रह्यो भनेपनि त्यसमा पानीको एउटा थोपा म बन्न पाँउ ।
अँ , जहाँसम्म प्रेमको कुरा छ , म अरु कसैलाई प्रेम गर्छु ।
                                         गर्थेँ भनुँ अल्ली बढी पैले पैले , धेरै कम भइसक्यो अहिले । यो त उस्लाई थाहा छ तर उसबाट व्यक्त रुपमा स्वीकृती मैले पाएको छैन । कहिले पाँउछु , त्यो पनि थाहा छैन । उसलाई फेसबुकतिर भेटेँ , पछि मोवाइलमा सम्पर्क स्थापित भयो । एकपटक मात्र भेटेको छु । तर सिप्लीसिटी छैन उमा । आइ डन्ट लाइक थिस टाइप अफ पिपुल । उ राम्री छे ।      

 
                                  यसविचमा वदलएिकी छे र मपनि । म कसरी वदलियएको छु भन्ने लाग्छ भने मैले अवका पाँच वर्ष केहि फरक ढंगबाट विताउनु पर्ने भएको छ । बडो मुस्किल साथ , अति संघर्षका साथ ,  मान्छेको मन न हो , कहा सधैँ एउटै हुन्छ र ? न तिम्रो न मेरो न अरु कसैको । उस्लाई म मेरा वा , आमा ,बहिनी र हजुरआमापछि मात्र प्रेम गर्छु । यी चारमध्ये कोहि पनि कमजोर देखिने गरि  मलाइ प्रेम गर्नुछैन र यो कुरा उस्ले बुझेकि छ साएद ।  
                                 उ प्रतिको प्रेममा शारिरीक आर्कषण पनि छ । मानसिक तादम्यता छ । मनोवैज्ञानिक प्रभाव छ । म उ सँग रहन चाहन्छु ।तर तिमीलाई बुझन चाहन्छु । फेरि यहि तुलना ग¥यो नभन्नु , उ तिमीभन्दा कुनैपनि किसिमबाट उत्कृष्ट छैन ।





भै गो अरुको कुरा , म फेरि तिमीमै फर्किन चाहन्छु ।

तिम्रो साहित्यप्रति विघ्न रुचि छ । म त्यसलाइ बाहिर ल्याउन चाहन्छु जति म सक्छु । तिमी समाज , व्यक्ती वा घटना जेलाई पनि फरक ढंगबाट वुभ्mन कोशिस गर्छयौ , त्यो बुझाई म पनि बुझन चाहन्छु । म ती कुराहरु लेख्न चाहन्छु ।लेखनको म कुनै प्रशंसनिय पात्र त होइन तर म आफु यतिसम्म लेख्न सक्नुमा गर्व गर्छु । मेरो लेखनको एउटा थप पाइला तिमी पनि वन्न सकौ ,म यहि चाहन्छु।
                        य सुनन , तिमी साच्चीकै राम्री छौँ । तिमी साच्चीकै इमानदार छौ । तिमीलाई राम्रा मान्नेहरु पनि धेरै छन । तिमी अध्ययनमा पनि तेज छौ । जीन्दगीमा प्रगती त गर्नु नै छ  भनि हिँडेकि छौ । मलाई थाहा छ तिमी त कहिँ न कहिँ त पक्कै पुग्छ्यौ । र त्यो पुगेको दिन सवैभन्दा धेरै खुशी हुने केहि सिमित व्यक्तिहरु मध्ये म पनि एक हुनेछु । टाढा भैएला , सम्पर्कमै नरहैला , सम्झीराख्नु ।तिमी विहे गर्दिन कहिलेनी भन्छयौ ।
                         त्यसो नभन , मन परेको र तिमीलाइृ बुझन सक्ने केटो पाएको खण्डमा विहे गर । अलि ढिलो गर बरु । पारिवारीक संसारमा पनि हराउ । त्यसमा पनि इन्जोए गर । म पनि त त्यसै गरुँला ।  
 अझँै लेख्दै गएँ भने धेरै लेखुँला भन्नी डर छ ।
                        वाँकि कुरा त लेख्दै गरम्ला नी पटक पटक । अहिले पनि अक्षर राम्रा भएनन , कम्युटरमा टाइप गरेर पठाम्ला भन्नी छ । व्लग तिर पनि हालुँला ।


  तिम्रो साथी
वार्ड न १०

Monday, June 13, 2016

गणेश भाइ–तिम्रो नाममा

गणेश भाइ,
यस्तो हुन सक्दैन– तिम्रो कुनै मूल्य नहोस्, मेरो कुनै मूल्य नहोस् ? यस्तो हुन सक्दैन–तिमी तिम्रो आफ्नै अस्तित्वमा गर्व गर्न सकौं, म आफ्नै अस्तित्वमा  गर्न सकौं ? यस्तो हुन सक्दैन–तिमी आफ्नो अर्थात् तिम्रो स्वार्थमा मात्र प्रयोग भएको देख्न सकियोस्, म मात्र मेरो स्वार्थमा प्रयोग भएको देख्न पाइयोस् ?

                                    गणेश भाइ, यदि जन्मलाई आधार मान्ने हो भने तिमी म भन्दा १० महिना आठ दिन कान्छो छौ । त्यस बाहेक म सोच्दछु गणेश तिमी र म उही हौ, उस्तै हौ । र मैले अहिले यो लेखिरहँदा तिमीलाई कुन कुरामा स्वतन्त्र छोडेको छु भने तिमी मैले सोचिरहेको विषय वा प्रसङ्ग वा आवरणभन्दा विल्कुल फरक ढङ्गबाट आफूलाई सोच्न सक्नेछौ । म तिम्रो र मेरो बारेमा मात्र होइन गणेश भाइ, ती सवैको बारेमा लेख्न चाहन्छु जो ‘प्रयोग’ गरिएका छन्, गरेका छन् । र अझँ म थप लेख्न चाहन्छु ,जो स्वार्थमा प्रयोग हुन्छ उसको नाममा र जो स्वार्थका लागि प्रयोग हुन्छ उसको नाममा । म सोच्दछु गणेश भाइ, मेरो कुनै पनि स्वार्थ नहोस्, तिम्रो नाममा । तिम्रो कुनै पनि स्वार्थ नहोस् मेरो नाममा । कसैको कसैसँग पनि स्वार्थ नहोस्, कसैको नाममा । 

                         एकदम खाली, अहिले तिमीले आकाशतिर फर्केर हेर्दा देखिने आकाश जस्तो । प्रयोगका पनि सिद्धान्त होलान्, प्रयोगका पनि प्रक्रिया र अपवाद होलान । आखिर सिद्धान्त भन्नु पनि त मान्यता र अपवादको संयोजन हो जुन तिमीले इकोनोमिक्समा पढिसक्यौ ।
                               ‘इभ्री प्रिन्सिपल इज कम्विनेसन अफ एजम्सन एण्ड क्रिटिसिज्म’ । जानेर, नजानेर, बुझेर, नबुझेर, एक्कासी, विस्तारै, कोही–कोहीबाट, सबैबाट, आफ्नाबाट, पराइबाट, मित्रबाट, शत्रुबाट, जसबाट पनि हामी प्रयोग भइरहेका छौं जस्तो लाग्न थालेको छ मलाई । साँच्ची भनुँ भाइ, आजकल मलाई कसैले व्यक्तिगत रूपमा प्रशंसा ग¥यो कि त्यहाँ पनि म प्रयोग देख्छु । तर यसको पनि एउटा मात्रै अपवाद छ मसँग, तिमी । 
                             तिमिसँगको सम्बन्धमा मसँग कुनै प्रयोग छैन । तिमीसँगको निकटतामा मेरो कुनै स्वार्थ छैन । मलाई तिम्रो प्रशंसा गरेर केही गुमाउनु छैन, मलाई तिम्रो आलोचना गरेर केही पाउनु छैन ।
सम्झिन्छु, मेरा पनि छन् साथी त्यस्ता जोसँग छ प्रयोगको शिल्प, साएद त्यसैको कोर्ष लिएका छन् । आफन्त छन् जो मेरो प्रगतिमा ‘मेरो आफन्त’ भन्न खोज्दछन् । 
                                     परिवार छन् जसले मेरो राम्रो कुरा मात्र समाजमा सुन्न चाहन्छन्, सुनाउन चाहन्छन् । पढाएका र पढाइरहेका गुरुहरू छन् जसले मेरो नतिजा राम्रो हुँदा मात्र ‘मैले पढाएको विद्यार्थी’ भनेर गर्व गर्दै हिँड्छन् । छिमेकी छन् जो उनीहरू स्वयम्को दुर्गतीभन्दा मेरो प्रगतीमा वर्ता दुखी हुन्छन् । हेर त, यी सब स्वार्थी हुन् र यी सब प्रयोग हुन म माथि । एउटा मान्छे कसरी प्रयोग भइरहेछ , प्रयोग । 
………….
अघिल्लो हप्ता मैले तिम्लाई एउटा अडियो सुन्न दिएको थिएँ ,‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’को  अडियो दिँदै शंकर लामिछानेले मणिराज दाहालको नाममा लेखेको ‘एक पत्र सम्पादकलाइर्’ सुन्नु भनें । तिम्ले सुन्यौ र छोटो प्रतिक्रिया पनि जनायौ मसँग । तर तिम्ले त्यसबेला यो सोचेको थिएनौ कि मैले तिम्रो नाममा पनि लेख्नेछु । मैले पनि कहाँ सोच्या थिएँ र ? सोच्न आवश्यक पनि थिएन साएद । 

                                  र मेरा जुन मित्रवत सम्बन्ध कायम छ वा भएको छ , त्यसले यो लेख्नुपर्छ वा लेख्नुपर्दैन भनेर केही भन्दैन । सम्बन्धमा अक्षरहरू नघुसाएकै राम्रो हुन्छ रे । सरी फर द्याट, मैले त्यो मिस्टेक गरें र अहिले गरिरहेको छु । तिम्लाई र यो पढ्नेलाई पनि लाग्ला, यो शंकरको ‘एक पत्र सम्पादक’लाई बाट प्रभावित छ । एक्ज्याक्ट, कुरा त्यही हो । म उनीबाट, उनको लेखनीबाट, उनको साहित्यबाट प्रभावित छु । उनले अक्सर उल्लेख गर्ने शब्दहरू जुन मलाई मन परेका छन्, ती शब्द यहाँ मैले लेख्दा कतै आउन सक्छन् किनकी म उनीबाट प्रभावित छु ।

गणेश भाइ, तिमीलाई लाग्ला यो वाहियात लेखिरहेछ । लाग्यो भने पनि तिमी सहि हुनेछौ । लेख्नेहरूको हरेक लेखनी बाहियात छन् । पढ्नेहरूको हरेक पढाइहरू वाहियात छन् । किताब छाप्नेहरूका, पत्रिका छाप्नेहरूका हरेक अक्षरहरू वाहियात छन् । अक्षर, कुरा निक्लिहाल्यो, मसी र कागजको प्रतिक्रिया बाहेक ‘नो थिङ मोर द्यान इट’ । अक्षर तीनै हुन जो वाहियात छन् । ए, यता भन्दै थिएँ, मलाई थाहा छ, तिमी  वाहियात भनिएका र भन्ने गरिएका हरेक व्यक्ति, वस्तु, विषय र घटनामा ध्यान दिन अब्बल छौं र मलाई विश्वास पनि छ ,यो ‘वाहियात’मा पनि तिम्रो ध्यान जानेछ । 
 
                     म बढी नै पढ्छु, उपन्यास, कथा, कविता, गजल, नियात्रा निबन्ध, जीवनी, संस्मरण र अरु–अरु । आजसम्म धेरै पढेको पनि हुँम्ला, तर मान्छेबारे सोच्न तिम्ले सिकाएका हौ । अब यसपछि मलाई मान्छेबारे सोच्न आदत पर्न थालेको छ । म मान्छेबारे नै सोच्न चाहन्छु, म यहाँ त्यही मान्छेको प्रयोग सोचिरहेछु । हुनसक्छ, मान्छेहरू यसलाई वाहियात भनुन् ।
          
                                हुनसक्छ, मान्छेहरू यसलाई अनावश्यक भनुन् । हुनसक्छ, सम्पादकले पनि एउटै विषयमा निरन्तर लेखिरहेकोमा झर्काे मानुन । हुनसक्छ, पढनेहरूले अब चाहीं यो नलेखोस् भनुन् । हुनसक्छ, कम्प्युटर अपरेटर एउटै विषयमा अक्षर टाइप गर्न दिक्क मानोस् । हुनसक्छ, मेरो (अ) विवेकी मस्तिष्कले पनि अब यस्तो धेरै लेख्न हुँदैन भनोस् वा हुनसक्छ, तिमीबाट पनि अब यस्ता नलेख वा रचना कम लेख भन्ने सुनियोस् । म रोकिने छैन गणेश भाइ । म लेख्नेछु, म लेख्छु र म जसरी पनि लेख्छु । अब म लेखनमा आदत बनाउन चाहन्छु र फेरि त्यही मान्छेको आदतको बारेमा लेख्न चाहन्छु । म शंकर लामिछानेले भने जस्तै ‘म केही पनि होइन’ भन्न सक्छु तर म फेरी त्यही ‘म केही पनि होइन’ किन भनें भनेर कारण खोज्दै लेख्न सक्छु । 
                              देश किन बनेन ? सडक कहाँ–कहाँ पुग्यो ? बेरोजगारी समस्या कहिले कम होला ? समृद्ध प्रदेश कसरी बनाउने ? किन यस्तो भो देश ? नगरपालिकाले के के गरेन ? मैले यस्तै लेखिरहेछु र लेख्छु पनि । यो पनि लेखनीको एउटा पाटो होला । तर म तिमीबाट लेख्नसिकेको ‘मान्छे’ को बारेमा लेख्न चाहन्छु । र म लेख्न चाहन्छु सपनामाथि, मस्तिष्कमाथि, सोचाइ माथि, विवेचनामाथि, ईश्वरमाथि, वादमाथि, समाज माथि र यसमा तिमीबाट ‘कि प्वाइन्ट’ कपी गर्न चाहन्छु । 
 
जहाँसम्म मैले के विश्वास गरेको छु भने तिम्ले सोचेको केही कुरामा म मजाले लेख्न सक्छु । मैले लेखेका केही कुरामा तिमी मजाले सोच्न सक्छौ । ‘च्यात्न नसकिएको चिठी’ भन्ने लघु उपन्यासबाट प्रभावित भए लगत्तै शंकर लामिछानेको ‘एक पत्र सम्पादकलाई’ मा  के पुगेथे, म त्यतै हराएछु गणेश भाइ । त्यो पत्र यति मन प¥यो कि आजसम्म मलाई यति त आफ्नै प्रगतिहरू मन परेन, यो देश मन परेन, यो हिमाल मन परेन, यो अक्षर मन परेन । 
केही मन परेन र मलाई लाग्छ गणेश भाइ, लेख्न खोज्नेहरूको लागि यो भन्दा महान कुनै प्रेरणा हुनै सक्दैन । अहिले सोच्छु, शंकर किन छिट्टै मरे ? शंकर माथि किन लेख चोरीको आरोप लगाइयो ? किन उनले कहिल्यै नलेख्ने घोषणा गरे ? यो अन्याय हो भाइ, इतिहासले इतिहास माथि नै गरेको अन्याय जहाँ लेख्नलाई जग बसाल्न सक्ने व्यक्तिलाई हाम्ले लेखनीबाट उनी मर्न भन्दा अगाडि नै गुमाइसकेका थियौं । ‘ह्वाट्स अ व्याड हिस्टोरी । लेट्स फर्गेट इट ।’
गणेश भाइ, तिमीलाई यसरी सम्बोधन गरेर मेरा कुराहरू म तिमीसँगैको भेटमै राख्न सक्थेँ । राखिन । राख्न चाहिन । मलाई शनिवारको लागि लेख्नुथियो र चाहन्थे कि म मेरा प्रिय लेखकको सन्दर्भ लिएर मेरो प्रिय मित्रलाई लेख्न सकुँ र त्यो यदि कसैले जाँगर गरे भने उनीहरूले पनि पढ्न सकुन जो तिमीलाई एक्लै वा मलाई एक्लै वा तिमीलाई र मलाई संयुक्त रूपमा जान्दछन् । चिन्दै नचिनेकाले पनि पढुन न, झन् राम्रो भो । तिमीलाई वा सम्पादकलाई वा अपरेटरलाई वा पाठकलाई  वा जो कोहीलाई लाग्न चाहन्छ, यो लेख्न आवश्यक थिएन । तर हेरन गणेश, आजकल मलाई अलि फरक हुन मनपर्छ । जुन कुरा आवश्यकक छैन भनेर तिमी, हामी, म सोच्छौं, त्यही कुरा लेख्न मन लाग्छ, त्यहीं घोत्लिन मनलाग्छ । के यसलाई म ‘म्याडनेस’ भनुँ ? वा के भनुँ ? म अलि बढी नै अराजक पो भइरहेछु कि ? जे होस्, तिमी पनि लेख । लेखेर कागजमा नराख । पत्रिकामा छाप । कम्प्युटरमा टाइप गर । फेसबुकमा पोष्ट गर । ब्लगमा अपडेट गर । किन भनौंला ? म तिम्रो लेखनीबाट केही सिक्न खोजिरहेछु भने मेरो सिक्न पाउने अधिकार माथि तिम्रो हस्तक्षेप मलाई स्वीकार्य छैन ।
                        म अलि कुरा मोड्छु, गणेश भाइ । जहाँसम्म सम्बन्धको कुरा छ, तिमीले बुझेका छौं, मेरा असन्तुष्टीहरू तिमीलाई थाहा छ ।  क्षमता तिमी बुझ्छौ, योगदान तिमी बुझ्छौ । सहयोग तिमी बुझ्छौ, याचना, अपेक्षा, साथ, सहयोग, प्रेम, ममता, स्नेह, चर्चा सबै बुझ्छौ । तर तिम्रो बुझाइ र अरुको बुझाइ फरक पर्छ, गणेश भाइ । 
तिमी एकदम ‘रियालीस्टीक’ हुन खोज्छौ, यहाँ ‘अप्टिमिस्टीक’ र ‘पेसीमिस्टिक’ विचारहरूको हावी छ । त्यस्तै मान्छेहरू बढी छन् । म घमण्ड गर्छु, मैले धेरैका लागि धेरै गरेको छु । 
             बिडम्वना भाइ, मलाई जसले सहयोग गरेको थियो, उसको मैले अपमान गरेको छु, उसलाई मैले कुनै सहयोग गर्नै सकेको छैन । यता, मैले जसलाई, जुन निकायलाई, जुन समूहलाई आफ्नो परिवारभन्दा बढी प्राथमिकता दिएँ, त्यहाँबाट केही पाइन, सिर्फ प्रयोग बाहेक । 
           पनि होला केही, र त्यस्ता स्वार्थी व्यक्ति वा समूहबाट पाउन पनि केही नपरोस् । म दिक्क छु । म विचलित छु र म यो विचलनबाट भागेर जान चाहन्छु र आउन चाहन्छु तिम्रो सानिध्यमा ।
गणेश भाइ, स्वार्थको कुरा नगरम् । हामी त गोटी रहेछौं । तिमीलाई–मलाई प्रयोग गरियो, गरिन्छ र सायद गरिन पनि खोजिनेछ । केही हदसम्म त यो पनि जायज हो, कमसेकम हामी प्रयोग हुनलाई त योग्य रहेछौं । यहाँ धेरै छन् हामीजस्ता आवरणका जो प्रयोगविहीन छन् वा प्रयोग अयोग्य छन् । 
                              टोटल्ली डिसक्बालिफाइड ।’ मैले प्रयोगको प्रतिफल खोजेको छैन । यदि हुन्थ्यो भने त तिम्रो विचारले उठाएका सन्दर्भमा मैले पत्रिकामा लेख लेखें । तिम्ले के पायौ ? अहँ पाएनौं । केही पाउन्नौं पनि । सोच्छु, एउटाको लागि धेरैको नराम्रो भइएछ । तिम्रो नाममा यो लेखेर तिम्लाई सम्बोधन गरेर गणेश भाइ, म तिमीजस्तै विवेकहील बन्न सिक्दैछु । म प्रयोग हुन चाहन्न । म एउटाको लागि अरुको सबैको माझ खराब कसरी देखिउ ? भनुँ, म बन्न चाहन्छु तिमी जस्तै । मात्र तिमी जस्तै । 
                        गणेश भाइ, यहाँ सबको अर्थ छ । मेरो तिम्रो अरुको सबैको अर्थ छ । मेरो अर्थ खोज्नेहरूको लागि मेरो अर्थ छ । तिम्रो अर्थ खोज्नेहरूको लागि तिम्रो अर्थ छ । अब अर्थ नखोज्नेहरूतिर जाउँ, न तिम्रो अर्थ छ, न मेरो अर्थ छ । कम्पेल्टली मिनिङलेस । एउटै मान्छे कसरी अर्थवान भइदिन्छ र कसरी अर्थहीन ? यी सब अरुले बनाउँदारहेछन् गणेश भाइ । तिम्लाई, मलाई पक्कै पनि आफ्नो अर्थ छ । 
                    जहाँ अर्थ छ, त्यहाँ स्वार्थ छ । जहाँ स्वार्थ छ, तिम्रो अर्थ त्यहीं छ, मेरो अर्थ त्यहीं छ । स्वार्थले त हाम्रो अर्थ बोेकेको छ । तिमीबाट केही गराउन छ, स्वार्थ छ, त्यहीं तिम्रो अर्थ छ । मबाट केही गराउन छ, स्वार्थ छ, त्यहाँ मेरो अर्थ छ । ठ्याक्कै, यति धेरैको बारेमा, धेरै भूमिका बाँधेर लेखेपछि मैले भन्न खोजेको अर्थ पनि त्यही हो भाइ, स्वार्थ छ र पो अर्थ छ । उदाहरण तिम्लाई थाहा छ, मलाई थाहा छ । 
                     जब सकिन्छ स्वार्थ वा रहन्न स्वार्थ पूरा हुने सम्भावना, त्यही दिन तिम्रो, मेरो, हामी सबैको अर्थ सकिन्छ र सकिएको पनि छ दृष्टान्त । यसको पनि उदाहरण देखेका छौं तिमीले । तिमीले बुझेका छौं जुनकुरा, मैले बुझेको पनि त्यही हो । हामी आफू संलग्न पक्षलाई आफ्नै सोच्छौं, नैतिकता सोच्छौं, रेसपोन्सिबल सोच्छौं । दुःख लाग्छ गणेश भाइ, बर्खाको भेलमा आफ्नै किनारमा रहेर नदीको शोभा बढाएको सेतो र चम्किलो ढुङ्गा नै नदीले पहिले बगाउँदोरहेछ । नदीले सोच्दो हो, वर्षा छ, पहाडबाट अरु ढुङ्गा आइहाल्छ नि ।
र अन्तिममा एउटा भूलको प्रसंग, त्यो त तिम्रो र मेरो नजरमा मात्र भूल थियो, भूल गर्नेहरूको अगाडि त्योभन्दा सत्य केही थिएन, सायद । साथमा मैले सोचेका भन्दा विल्कुल फरक वा विपरित धारबाट पनि तिम्ले सोच्न सक्ने छौं । जे छ, तिम्रै हातमा ।
तिम्रो मित्र दिनेश
सिमलचौक, वडा नं. १० । 
रातको ११ः२३ बजे । 

Friday, June 10, 2016

जिन्दगी भइदिए त सोचे जस्तै…



…र यी कुराहरू पनि यथावत नै छन आँखै सामुन्ने ।
आँखामा राखिएका प्रत्येक व्यक्ति विषय वा घटनाको फेहरीस्त उतार्न परे खोल्दिउँला, आँखा जहाँ सङ्ग्रह छ केही सपनाहरूको, जहाँ भण्डार नै छ अनगिन्ती आवश्यकताहरूको र जहाँ अभाव छ दौलतको, माया, ममता, साथ र सहयोगको । यी यिनै आँखा हुन् । खोल्दिउँला एकपटक ।
मनमै राखेर, मनमै गुम्साएर, मनबाट फुत्किन नदिइकन के राख्नु थियो र ? राख्नु पनि त जायज थिएन । सड्थ्यो होला नि । त्यही भएर पनि मनमा रहेनन् त्यस्ता कुरा र आज सोंच्दछु कि ती मनमै रहन आवश्यक थिए । धत्तेरी ! अल्ली ठूलै गल्ती गरिएछ कि के हो ? जे होस्, भइ त जाला गुजारा ।
ओशोको चिन्तनदेखि बडो चिन्तनवादी बनेको दिमाग यतै नेपालका विकाशानन्दका केही कुराहरू सुन्दा भर्चुअल हुन्छन् । इन्टरनेटको एउटा छेउमा प्रेमिकाको तस्बिरसँग विचार साट्दा उता ओबामाको भाषण सुनेर संसार भनेकै अमेरिका हो कि भन्ने पनि लाग्ने । फेरि उही विश्वको बारेमा सोचिरहँदा उत्तर कोरियाको किम जोङउङको बारेमा सुनेपछि मन मोडिन्छ, सोच बदलिन्छ । हैन रै’छ, अमेरिकालाई पनि हाँक दिन सक्ने देश रै’छ भन्ने लाग्छ । र यो मन हो नि, त्यहीबेला आइदिन्छ विचार, यो भन्दा राम्रा अरु प्रेमिका पनि त पाइएलान् । सम्झियो अमेरिकाको लागि उत्तर कोरिया के त ? अनि युरोपका चर्चमा गरिने विश्वशान्तिको प्रार्थनासभाका तस्बिरहरू सार्वजनिक नहुँदै सिरीयाली शरणार्थीहरूको दुःखद् र अत्यन्त कारुणिक तस्बिरहरू आइदिन्छन् इन्टरनेटमा, हेर्छन् आँखाले, दुख्छ मन र सोच्छ दिमागले । बुद्ध कति सही थिए, भन्थे ‘संसारमा दुःख छ । दुःखको कारण छ ।’ हो रै छ । त्यही त देखियो नि । उनले पहिल्यै थाहा पाए, महसुस पनि गरे हुँदा हुन्, हेर्नुस् पच्चीस सय वर्ष अगाडि । त्यो बेला पनि त हुँदो हो नि केही न केही अहिले जस्तै दुःख । अहिले त के छ र ? एक सय एक प्रतिशत दुख, मात्रै दुःख नि ।
चेतल ‘नि’ जोडेर लेख्ने बानी परेको छ । वास्तवमा यो ‘नि’ लाई मान्छेहरू पूर्वीय भाषा भन्छन् । अलि चेपारो पारेर, गाउँघरकै भाषामा ‘काउला पारेर’ बोल्दा प्रयोग हुन्छ रे यो ‘नि’ । मलाई पनि त्यसको प्रभाव नपरेको होला म भन्न सक्दिन । जे होस् न । म भन्दै थिएँ, दिमाग र मनको विषय कति जटिल छ भनेर ? विद्यार्थीहरूको दिमागले हरहमेशा त्यही सोचिरहेको हुन्छ, पढ्नुपर्छ । के गर्नु बीचमै आइदिन्छ मन बाधक बनेर । मनले भन्छ, ‘पढेर के हुन्छ ?’ र मनले नै पढेर के हुन्छ को जवाफ नदिएरै पढाइ बाहेकका अन्य काममा मान्छेलाई बहलाइदिन्छ । पहिले पहिले मदिरा तिर जान्थ्यो होला मान्छेको ध्यान, अहिले त्यसको लागि इन्टरनेट छँदैछ नि ।
मनको कुनै आकार छैन, प्रकार छैन । पण्डितहरू मनको प्रकार चाहिँ छ भन्छन् होला कठोर मन र कोमलो मन । खोइ त ? कठोर मन भएका भनिएकाहरू पनि अवस्था अनुसार कोमलो भइदिन्छन् । कोमलो मन भएकाहरू वा कोमलो मन भएको भनिनेहरू त झनै, उफ कठोर मन भएकाहरू भन्दा पनि कठोर भइदिन्छन् । त्यसले मनको प्रकारमा विवाद छ । हामी विवादित कुरामा किन जाउँ र ? यहाँबाट त उम्किनै पर्ला जस्तो छ । वास्तवमा मन त अवस्था हो, त्यस्तो अवस्था जुन हरेक अवस्था वा अवस्थितिमा भइदिन्छ फरक, कहिलेकाहीं थोरै फरक, कहिलेकाहीं धेरै फरक । त्यही भएर पनि एकछिनमा कति फरक हुन्छ मान्छे, मिनेट अगाडि नचिनेको मान्छे छिनभरमै आत्मिए बन्दा उता वर्षौंदेखि निकै समिपमा रहेकाहरूले मिनेटमै निकै लामो दूरी तय गरेको पनि उदाहरण छन् हामीसँग । रहेछ, यो सब मनको कमाल रहेछ । कहिलेकाहीं अरुको कथा सुनेर हाँस्नुपर्ने यही मनलाई, कहिलेकाहीं अरुकै बारेमा सुनेर रुनुपर्ने यही मनलाई । अरुको मन दुखाउने पनि यही मन, अरुलाई खुशी बनाउन सक्ने पनि यही
मन । अरुको दुःखलाई आफ्नै दुःख सम्झिनेदेखि अरुलाई दुःख दिँदा आफूलाई सुख भएको अनुभूति गर्न सक्ने वा गराउन सक्ने पनि यही मन । यो मन त वडो अजीवको रै’छ । लाग्दछ, यो मन त बडो गजवको रै’छ ।
दिमाग सोच, विचार, गन्थन, मन्थनको लागि चर्चित छ, मन भावना, अनुभूति बुझाइ लागि । कत्तिसम्म फरक छ भने म्याथम्याटिक्स फमूर्ला बुझ्नु दिमागको काम हो भने प्रेमिकाको मनको कुरा बुझ्नु मनको काम । फेरि ओबामाको मन वा लादेनको मनमा आकाश पातालको फरक छ । फेरि रामको मन र रावणको मन कति फरक छ । बुद्धको मनले शान्ति सोच्दा अहिले आइएसएसमा संलग्नहरूको मनले शान्ति कल्पनै गर्न सक्दैन । मन त मन न हो, छिमेकीको मन, परिवारको मन, साथीभाइको मन, जीवनसाथीको मन र आफ्नै मन । जो सबै एकअर्कामा निकै फरक छ, आफ्नै मनमा पनि निकै फरक छ र त्यही फरकले मनको पहिचान छ । हो मन मन नै हो । यो मन त मन नै हो । मन, जो तपाईं हामी भौतिक रूपमा देख्दैैनौं र पनि भन्छौं मन
दुख्यो । मन, दुख्यो भनेर तपाईं जाने कुनै डाक्टर छैन । होस् पनि कहाँबाट, यहाँ मनको कुनै अस्तित्व छैन । वास्तवमा रहेछ त केवल यो मन एउटा भावनाहरूको अस्थिरपञ्जर । हामीले सोचेभन्दा अलि फरक । हामीले बुझेभन्दा अलि अप्ठ्यारो । हामीले देखेभन्दा अलि धमेलिएको । हामीले सम्हालेको भन्दा बेसी नै मात्तिएको । मन, ए मन अब मन भौतिक रूपमा हेर्न सकिने हुन जरुरी छ । जसरी पनि, जुनसुकै हालतमा पनि । जे पनि रोक्ने त यही मन रहेछ ।
सोचेर भ्याएसम्मका, देखेर ठम्माएसम्मका, भेटेर ल्याएसम्मका सबै कुराको सङ्ग्रह छ दिमागमा । देशको इतिहासदेखि विश्वको भविष्यसम्मको आँङ्कलन गर्ने सक्ने क्याल्कुलेटर छ दिमागमा । घरको चिन्तादेखि पढाइको चिन्ता सबै चिन्ताहरू चिन्तन गर्नैपर्नेछ यही दिमागले । नबुझेकालाई कुरा बुझाउन, लेखाउन, पढाउन, सिकाउन, विकाउन, रिझाउन, रिसाउन वा जे जति गर्न पर्नेछ दिमागले सोच्छ । धेरै जसो त दिमागले सोच्न नपाउँदै मनले केही अनौठो गरिदिन्छ कि भन्ने डर । दिमागले नसोच्दै मनले जिब्रोमा ल्याएर केही राख्दिन्छ कि भन्ने डर । त्यसैले पनि भनिएको हुन सक्छ, जिब्रोमा लागेको घाउ सबैभन्दा छिटो निको हुन्छ र जिब्रोले दिएको घाउ सबैभन्दा ढिलो ।

Saturday, March 5, 2016

बनाउन खाेजेकाे सम्वन्धकाे नाममा





आब्हान प्रेमको

तिम्रो बारेमा लेख्छु भनेर वसेको हुँ , के लेखेँ , के लेखिँन यसको पहिचान म सँग छैन ।यी शब्दहरु म जो लेखिरहेछु अथवा भनौँ लेख्न गइरहेको छु , त्यो साहित्यको कुन विद्यामा पर्छ वा गैरसाहित्य नै हो , त्यो पनि म जान्दिँन । मात्र यो जान्दछु कि म यो सवै तिम्रो नाममा लेखिरहेछु । 
तिम्रो बारेमा लेख्छु भनेर कलम समात्दै गर्दा ममा पनि उत्पन्न भए अनेकन विचार ,भाव , प्रेम तिमी प्रति । र यस विचमा मैले आफ्नो बारेमा सोच्न सकेको छु , तिमीलाई जोडेर । 
अव म सँग त्यति विचार छैनन , काम मात्र वाँकि छ । 
के बुझ भने मेरा यी कामप्रतिका उद्घोषहरु तिम्रै अगाडी पछाडी दौडेका छन , सम्हाल यसलाई ।
थाहा  छ आज चिसो छ । थाहा छैन , आज चिसो छैन । तिमीसँगको साक्षात्कारले जुन न्यानोपन दिन सकिरहेको छ मलाई , मेरा लागि साएदै सक्ने छन यस्तो गर्न विहानी सुर्यका किरणहरुले । 
अव प्रश्न उठ्छ आफैँमा , म तिमीलाई पत्र लेख्दैछु ? खै
 त । म तिमीलाई के भनेर बोलाँउ ?  मैले बुझे सम्म पत्रमा नाम लेखेरै सम्वोधन गर्दा राम्रो हुन्छ र अहिले भने मलाई तिम्रो नाम के लेखौँ भनेर निर्णय गर्न सकस परिरहेको छ । 
सरी फर द्याट मैले तिम्रो नाम वोलाउन सकिन र अर्काे कुरा म तिमीलाई तिम्रो नामबाट भन्दा पनि तिमी प्रतिको मेरो प्रेमबाट चिनाउन चाहन्छु । के संभव होला ? 
सम्वोधन त खोजौली नी , तिमीले मलाई जे भनेर वा जसरी वोलाउछ्यौ त्यसरी नै मैले पनि वोलाएको छु भनेर वुझ है  । 
दिन १५
रात १६ ( आजको सहित )
घण्टा , मिनेट , सेगेन्ड , क्याल्कुलेटर दवाउ र विस्तारै पुग सेगेन्ड सम्म । 
अव सम्झ, तिम्ले निकालेको हर सेगेन्ड जति छ , त्यति पटक सम्झिएको छु मैले तिमीलाई । के वुझ भने मैले तिमीलाई एक सेगेन्ड पनि विर्सन सकेको छैन , यसको मतलव यहि हो । 
म साहित्यकार होईन , घुमाएर लेख्न सक्दिन । म पत्रकार होईन , सिधा कुरा लेख्न जान्दिँन । र घुमाएरै लेखुँ तिमीले नबुझौली भन्ने डर भो , सिधा लेखौँ , लेख्न मन लाएन । सिधा लाग्दा अलि असुहाँउदो होला ।  तिमीलाई सजिलो पार्नका लागि यो अहिले लेखिरहेका यी सवै वाक्यहरु ‘एभरेज राइटिङ’ हो भनेर बुझिदेउ । 
मैले देखेसम्म दुव्ली , पातली , अग्ली छौ ,हाम्रो गामतिर यस्तो मान्छेलाई लुरे वा लुरी भन्छन ।
अहिले मैले घडिमा कति वज्यो भनेर हेर्न खोजेँ तर विचमा रोकिँए फेरि , किन थाहा छ ? मलाई अवेर हुन सक्छ सुत्नलाई । र म सोच्छु , तिम्रो लागि जे पनि गर्नेछु वा गरिरहेको हुनेछु । मलाई कहिल्यै अवेर हुनेछैन । म तिम्रो प्रेमको जस्तै एउटा निश्चित गति बनाउन चाहन्छु  तिम्रो सम्झनाको । 
तिमीले भन्यौ , ‘मात्रै साथी हौ तिमी मेरो ।’
मैले ‘होईन’ भनिन । 
दोस्रो दिन भन्यौ , ‘यु आर माइ वेस्ट फे्रन्ड ।’
त्यो पनि त मैले ‘होइन’ भनिन नी । 
एक हप्ता पछि सम्म कुरेँ , केहि थप्छौ कि भनेर । थपिनौँ । किन थपिनौ भनेर मैले केहि सोधिन । बरु , मैले आफैँ थप्दिए , ‘पछि अरु थप केहि हुन सक्छु कि ?’ 
तिमीले पनि त ‘सक्दैना’ै भनिनौँ । 
म गलत हुँदो हुँ वा भ्रममा हुँदो हुँ , त्यहि दिन देखि मैले तिमी प्रति मेरो केहि न केहि प्रेम रहेको अनुभुति गर्न थालेको । 





तिम्ले भन्यौ , ‘केहि त लेख ।’
मैले साएद धेरै लेखेँ ।
फेरि मैले भनेँ , ‘मैले लेखेको वुझ्यौ ?’ 
तिम्ले भन्यौ , ‘अलि अलि ।’ 
थाहा छ , लेख्नेहरु आफ्नै वा अर्कैको कुरा भएपनि आफ्नै सम्झेर लेख्छन , वुझ्नेले पनि लेख्नेकै भनेर वुझ्छन ।
म तिम्रो बन्न चाहन्छु , तिम्लाइ आफ्नै भन्न चाहन्छु । थाहा छैन मैले यसको लागि के के गर्नुपर्छ वा के के गर्नपर्दैन ? तर जे जे गर्न पर्नेछ त्यो गर्नेछु र जे जे गर्न पर्नेछैन , त्यो गर्नेछैन । किन ? भनौली , प्रेम गर्छु नी त । 


















तिमी आयौ , फेरि आयौ र आइनै रह्यौ ।
र भन्न सक्दछु म , अव तिमी आएको हेर्ने , देख्ने र महशुस गर्ने लत वसेका छ म मा , एडिक्ट भनुँ न तिम्रो आगमनको । तिमी गयौ भने , फेरि गयौ भने र आँउदै आइनौ भने , मेरो हालत के होला भन त , एकदम खराव , अत्यन्त खराव ,सवैभन्दा खराव । 
म भइरहेछु सुयोगविर जस्तो जहाँ उसले सकम्वरीलाई देखाउन खोजेको प्रेम जस्तै गरेर प्रेम देखाउन खोज्दैछु भ तिमीलाई तर हेर न पारिजातले च्वाट्टै चुडिँदिइन शिरिषको फुल र विदा गरिदिईन सकम्वरीलाई । अहँ म यस्तो त सोच्न पनि सक्दिन । सोच्दछु त्यस्तो इन्डिङ चाहिँदैन मलाई । म फर्किन खोज्छु सुयोगविरको भुमिकाबाट । 
म तिम्रो लागि अतित बन्न चाहन्छु , समर लभको जसलाई उसले सवैभन्दा बढी प्रेम गरेकि साया टाढिन्छ सम्बन्धबाट अकस्मात । उ पुग्दछ , ओश्लो उसैको खोजीमा  । बुझन म अतित वन्न खोजे पनि तिमीलाई साया वनाउन चाहन्न , मात्र बनिदेउ तिमी मेरो प्रेमिका , रहिदेउ मेरै निकट , र वचाइदेउ मेरा आशा , अपेक्षा र भविष्य जो मैले तिमी प्रति नै समर्पण गरेको छु ।
मैले तिमीलाई देखेको छैन प्रत्यक्ष , अझँ तिम्रो आवाज त प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि तरिकाले सुनेकै छैन । कमसेकम तिम्रो आवाज सुन्नबाट तिमीले वन्चित गरेकि छौ , यसमा तिम्रो ध्येय के थियो वा छ ? म जान्दिँन । यतिमात्र जान्दछु , आजसम्म जतिपनि व्यक्तिका जतिपनि आवाजहरु मैले सुनेका छु वा मसम्म आइपुगेका छन , त्यसको भन्दा बढी भार महशुस गरेको छु मैले तिम्रो आवाज विहिनताबाट । एकदम गहिरो ,गहिरो ।
तिमी टाढा छौ । मैले तिम्लाई चाहेर वा बढी नै चाहेर  पनि भेट्न सक्दिँन तत्काल । टाढा छौ नी तर थहा छ यो पटक पनि म वस्नेर तिमी वस्ने दुइटै सहरमा फुलहरुको कारोवार बढेको छ , कारोवारीहरु बढेका छन । तिम्रो बारेमा जान्दिन तर यो शहरमा वेच्न राखिएका गुलावहका फुलहरुको म अहिले पनि ग्राहक बन्न सकिन । मलाई मन नै पर्दैन के गुलाव । मेरो लागि तिमी नै गुलाव हौ भनेर मैले सोचिसकेपछि म तिमीबाहेक अरुलाई मन पराउन वा प्रेम गर्न सकुँला त ? र म गुलाव तिम्रो पु¥याउन पनि सक्दिँन । 
म परिभाषा दिनलाई पढेँ , दिएर पास भएँ । म अर्थ लगाउन स्कुल गएँ , अर्थ लगाएर फर्केँ । फेरि म हिसाव सिक्न क्याम्पस गएँ , सिकेर फकिएँ । जे गर्न गएँ , त्यहि गरेर फर्केँ । तिमी पहिलो थियौ जसको नजिक म पुग्न सकेँ , प्रेमिल आशाका संभावनाहरु लिएर तर फर्कन सकेको छैँन हेरन , जुनसुकै होस परिणामका कुम्लोहरु बोकेर । म त्यतै अड्किएँ , तिमी भएतिरै , तिमी तिरै , तिम्रो बुझाई तिरै , तिम्रो आवरणतिरै । तिमीले अड्काएर राख्यौ थाहा नपाएरै । अनुभव गर त , कुनैपनि फरक फरक अवस्था र आवरणमा म छु तिम्रै वरिपरि , मात्रै वरिपरि ।