दिनेश गौतम
पहिलो कुरा , कति बज्यो घडी हेर्छु । दश बजेर २० मिनेट , १३ तारिख जुन , २०१६ को रात , जेठ ३० , २०७३ । अँ सम्झिए यो दिन म जन्मिएर १९ वर्ष पुग्नुभन्दा दुई दिन अगाडीमात्र हो ।
र यो पनि सम्झिँए कि म यो मेरो जन्मदिनको सेलिव्रेसन नगर्नका लागि लेख्दैछु । रिअल्ली भनुँ त , मलाई जन्मदिन सेलिव्रेट गर्न नै आँउदैन र जान्दिँन र मान्दिँन पनि । र यहि आधारमा मलाई तिमी अरुभन्दा फरक छौ भन्न पाइन्न । फरक हुने अरु प्रशस्त आधारहरु पनि छन , जे होस । बाहिर हेरेँ अव पानी पर्दैन ।
यो कुरा पानी पर्नु वा नपर्नुबाट शुरु हुन्छ र अन्त्य के मा ? खोई , अन्त्य केमा पुगेर हुन्छ , भगवान जानुन । मेरा दुई चार औलाका डामहरु फालिदिन्छु फेसबुकतिर , ट्विटरतिर र लेखिदिन्छु कि तिमी र म सँगै भएको बखत पानी परोस बेस्मारी । छाता एउटै होस ।
लेख्न त लेखिदिन्छु र लेख्दै गर्दा मेरो दिमागको अर्काे पाटो पनि , यदि अर्काे पाटो हुन्छ भने चलिदिन्छ र सोच्दछ , एउटा छाता पनि नहोस त , भिज्दै गए हुन्न र ? हो , अघि भर्खर झरि प¥यो । अहिले सुनसान छ । र त्यहिवेला मैले यी सव सोचेको हुँदो हुँ , अहिले आएर लेख्न खोजेछु । अल्लि स्लो पो भयो कि ?आइ एम टु लेट , सरी फर दिस । म जे पनि अल्ली ढिलो गर्ने गर्छु भन्ने तिमीलाई राम्ररी थाहा छ ।
मैले तिम्ले लेखेका कुरा फेरि पढेँ । यो सहित दुईपटक , पहिलोपटक बाटामा हिँडदै गर्दा पढ्याथेँ । विर्सिएकि छु क्यै कुरा , आफैप्रति पो शंका लाग्यो र फेरि त्यहि कागजतिर तन्किँए , घोत्लिँए र वर्वराएँ । हाँसे , मुस्कुराएँ र अनुहार खुम्चाँए । गजब लेखिचौ भन्न मन लाग्यो , मोवाइल निकाले , तिम्रो नाम थिचेँ , मोवाइल स्वीच अफ थियो र यी कापि समातेँ । लेख्न थालेँ । यो घटना भएको अहिले मात्रै पाँच मिनेट भएको छ । तिमीले यी अक्षरहरु कम्युटरबाट टाइप गरेको पायौ भने त्यो मेरो कमजोरी हो ।
म खासमा अक्षरलाई त्यति कृत्रिम बनाउन चाहन्न , अहँ कत्ति चाहन्नँ । तर मेरो बाध्यता हेरन , म अक्षर लेखनीमा कमजोर छु । जे मा पनि कमजोर छु भनिरहँदा तिमीलाई लागेको होला , कति कमजोर छु मात्रै भन्छ , साच्चैँ भन्दँैछु म धेरै कुरामा कमजोर छु । धेरे कमजोरीको बारेमा तिमी स्वयंम जान्दछ्यौ ।
म अहिले खराव समयबाट गुज्रिरहेको छु । अझँ त्यो मात्रै नभनौँ यो समय पनि खराव चलिरहेको छ मेरो लागि । खरावीका विविध कारणहरु छन । अहिले त्यसतर्फ नजाँउ । मेरा केहि जोशिला शुरुवातहरु कमजोर भएका छन । त्यसो त मलाई बडो चुनौती देखिएको छ समयले शुरुवातमै । पछि यति त सामना गर्नु नै छ भनि वर्तमानमा ट्रेलर देखायो कि नियतीले ।
जे होस बाहिर हाँसे जस्तो पो गरेको छु त , भित्र त के छ के छ ? र यो क्रम एस.एल.सि सकाएसँगै शुरु भएको हो । थाहा छैन यो अन्त्य हुन्छ वा हुन्न ? जे पो होस । र्म ज्ञ ’बाट कखरा पढन शुरु गर्दिन , शुर्रु क’ बाट गर्छु । अर्थात म जे बाट शुरु हुन चाहन्छु वा शुरु हुन पर्छ जस्तो लाग्छ , त्यो नै मेरो लागि अन्तिम सत्य हो र त्यो नै मेरो लागि कर्तव्य पनि ।
केहिसमय अगाडी मात्रै भेट्टाएको एउटा हरफ मैले शेयर गरेको थिँए :
'इश्क ने निकम्मा जो करदिया
बरना हम भि आदमी थे कामके ।'
बडो मन परेको हो मलाई । यो भनाई खासमा एकजना भारतीय गीतकारको हो जुन मैले कुनै नेपाली पत्रिकामा एकजना साहित्यकारको आलेखमा पढेको हुँ । त्यो इश्क अर्थात प्रेम थियो मेरो पनि । बच्चै थिँए , १४ वर्ष । तर म त ढुंगा थिइन , म पत्थर थिइन । अनि के त, हरेक १४ वर्ष नपुगेका केटाकेटीको मन नै हुँदैन भन्ने छ ? अहँ छैन । १४ वर्ष नपुग्दै संसारका लगभग किशोरकिशोरीका आआफ्ना सुनौला क्षण हुन्छ र ती मध्ये केहि भुल्न आवश्यक हुन्छ वयस्क भएपछि ।
त्यसमध्येको एउटा क्षण हो मेरो पनि । भुल्न त आवश्यक छ नै तर थोरै जटिल छ । भनिहालेँ नी , इश्क ने निकम्मा जो करिदिया , बरना हम भी आदमी थे कामके । भएको यहि हो र यसमा मेरो आफ्नो केहि पनि दोष छैन भन्ने मलाइ लाग्दछ । म उम्किन मिल्छ , सक्छु र सक्नुपर्दछ । त्यो सव प्रेम थियो र थियो प्रेमको पुरस्कार । यो सँगै मेरो भाग्य वा नियती त्यतिवेला ठिक थिएन , मेरो समय सहि रुपमा चलिरहेको थिएन , यति मात्र बुझेकै जाती ।
म तिम्रो नाममा लेख्दैछु तर खै त मलाई आफनो बारेमा मात्र कुराहरु फुरिरहेको छ । तिम्रो बारेमा पनि लेखुँला , पख एकछिन , अहिलेलाई सुन्देउ मेरै अक्रम बक्रम । एक महिने हस्पिटल बसाईँमा मैले मेरा वालाई जुन रुपमा देखेको छु त्यो क्षणले कमाएको प्रियता मेरो लागि अरुकेहि पनि हुनेछैन र मैले हुन पनि दिने छैन । कठोर छु म अलि अरुको लागि , अरुको नजरमा र म सोच्दछुँ म मेरो वाको लागि संसारको सवैभन्दा नरम हुन चाहन्छु ।
उनको बेगर कहिल्यै नचलुँ , उनको वेगर केहि गर्नै नपरोस । मन चन्चले छ अल्ली मेरो , र एउटा अलि कुन भयले सताइरहेको छ भने मेरो विहेको कुरामा मेरो वासँग कठोर भैदिँए भने ? यहि त छ गारो । अहँ म यो हुन दिनेछैन ।
शारिरीक कमजोरी समाजको सवैभन्दाविशाल कमजोरी हो देख्नेहरुको लागि । आफैँ आँखा नदेख्नेले अर्काे आँखा नदेख्नीलाई अन्धो भन्छन नी ,त्यस्तै हो ,म गाँउतिर जाँदिन धेरैजसो । कारण पहिलो बडा बकम्फुसे छन छिमेकि , नरनातेदार । एकदम अनपढ , अबुझ र ग्वाँरहरु छन ।सेतो चश्मा लगाएर कालो बाहेक अरु नदेख्ने धुर्त छन मेरा छिमेकी । रिअल्ली , आइ हेट देम । त्यै भर पनि म गाँउ जाँन्न ।
' ज्ञवालीकी छोरीको पछि लाग्नाले खजाहा भो '
'केटाकेटीमै बढी चन्चले हुनाले शिव सरको छोराले जिन्दगी विगा¥यो ।'
'थै थै के गरि विहे गर्लास ?'
'हत्तेरिका , क्या खतम ग¥यौ तिमीले जिन्दगी । '
म सोच्दछु, म आफुलाई पनि आफ्नो यति चिन्ता गर्दिन जति यी छिमेकीहरु र मेरा आफनै नातेदार भनिनेहरु गर्छन । छोरीको पछि लाग्ने म , विचरीको वाउको नाम काट्छन । अव उसको पनि त नाम किन लिने , विहेवारि गरि वसेकि छ , राम्रो केटो पाकि छ ,मैसँग पनि भेट हुँदा मजैसँग वोल्छे । ममा कुनै गुनासो छैन उसँग , यी छिमेकीहरु बडा बुझकर भएर गुनासो पोख्दारैछन । पातकीहरु ।
म बाठो मान्छे छु रे ।यो भन्दा त मलाई गर्व लाग्छ तर तीनीहरुको त्यो तितो जिव्रोले जीन्दगी विगारिस भन्दा त तीनको मुखमै किरा परोस झँै लाग्छ । के विगारेँ यार मैले ।तीनका छोराछोरी , नातीनातीनाहरु अझँ सम्म एसएलसि पास भाछैनन , मेरै पालाका हुन ।मैले एसएलसि सकाएकै छ वर्ष हुन लाग्यो । धेरै कुरा के गर्नु मलाई मेरो छिमेकी र इष्टमित्र मन पर्दैन ।
अहिले पनि म जतिसक्दो राम्रो गर्ने यत्नमा छु । पढछु ,लेख्छु ,वोल्छु ,वाठो हुन खोज्छु । यी त मेरा विशेषता । यीनीनै नरहे मेरो अस्तित्व के ? त्यहि गाँउले ग्वाँरको नाती नातीना जस्तो हुनु ? छि त्यस्तो हुनुभन्दा त मरेकै जाती । आइ वान्ट टु वि डिफ्रेन्ट फ्रम देम ।
मेरा कुरा सकिएका छैनन । यी कुरापछि गरुँला । ठुलै मान्छे बनिगएँ भनेपनि आत्मकथा लेखुँला । त्यहिँ लेखुँला सव कुरा , अहिलेलाई यति नै ।
अव तिम्रो कुरा :
म माफि चाहन्छु, म तिमीलाइ प्रेम गर्दिन । म तिमीलाई मन पराँउछु । तिमी प्रति त्यति उपद«ो आर्कषण छैन ममा तर सधैँ तिम्रो राम्रो देख्न चाहन्छु । तिम्रो राम्रो हुन , वनाउन मेरो पनि केहि भुमिका रहोस भन्ने चाहन्छु । तिम्लाई पनि झर्काे लाग्दो हो घरी के भन्छ , घरी के भन्छ । घरि अनेकौ सँगको सम्बन्धको कुरा गर्छ , घरि झर्केर वोल्छ , घरि तर्केर वोल्छ । लाग्दो हो कि यो मान्छे खराव छ ।लागोस न । आइ ह्याभन्ट एनी वर्ड टु एक्सप्लान द रिलेशनसिप विथ यु ।
म अरुलाई अलि बढी गाली गर्छु , स्वभाव नी त मेरो । तर तिम्लाई अहँ म सक्दिन । म अरुको अलि बढी कुरा काटछु , तिम्रो , नाईँ , नाईँ , नाईँ । म तिम्रो कुरा कसरी काँटु ? म अरुको प्रेमका कुराहरु जान्न चाहन्छु ,उनीहरुको विभिन्न व्यक्तिसँगको सम्बन्धबारे थाहा पाउनुमा आनन्द महशुस गर्छु । तर तिम्रो , अहँ तिमीसँग सम्बन्धीत त्यस्ता व्यक्तिगत कुरामा मेरो कुनै रुचि छैन । तिमीप्रति मेरो एउटै रुची छ , एकदम गहिरो रुचि ।
म तिम्रो हर चिजमा प्रगती भएको देख्न चाहन्छु र त्यसको केहि न केहि हिस्सेदार म पनि हुँन सकुँ , यस्तै सोच्छुँ । म सोच्दछुँ , भविष्यमा तिमी जहाँ जाउली , जस्ती हौली , जे बनौली , तिम्रा कुनै करोड मुल्य वरावरको सफलताको पछाडी एक मोहरको हिस्सा मात्रै भएपनि मेरो भइदिए त्यो मेरो लागि ठुलो शौभाग्य हुन्थ्यो । र सफलता एउटा सागर बन्यो रह्यो भनेपनि त्यसमा पानीको एउटा थोपा म बन्न पाँउ ।
अँ , जहाँसम्म प्रेमको कुरा छ , म अरु कसैलाई प्रेम गर्छु ।
गर्थेँ भनुँ अल्ली बढी पैले पैले , धेरै कम भइसक्यो अहिले । यो त उस्लाई थाहा छ तर उसबाट व्यक्त रुपमा स्वीकृती मैले पाएको छैन । कहिले पाँउछु , त्यो पनि थाहा छैन । उसलाई फेसबुकतिर भेटेँ , पछि मोवाइलमा सम्पर्क स्थापित भयो । एकपटक मात्र भेटेको छु । तर सिप्लीसिटी छैन उमा । आइ डन्ट लाइक थिस टाइप अफ पिपुल । उ राम्री छे ।
यसविचमा वदलएिकी छे र मपनि । म कसरी वदलियएको छु भन्ने लाग्छ भने मैले अवका पाँच वर्ष केहि फरक ढंगबाट विताउनु पर्ने भएको छ । बडो मुस्किल साथ , अति संघर्षका साथ , मान्छेको मन न हो , कहा सधैँ एउटै हुन्छ र ? न तिम्रो न मेरो न अरु कसैको । उस्लाई म मेरा वा , आमा ,बहिनी र हजुरआमापछि मात्र प्रेम गर्छु । यी चारमध्ये कोहि पनि कमजोर देखिने गरि मलाइ प्रेम गर्नुछैन र यो कुरा उस्ले बुझेकि छ साएद ।
उ प्रतिको प्रेममा शारिरीक आर्कषण पनि छ । मानसिक तादम्यता छ । मनोवैज्ञानिक प्रभाव छ । म उ सँग रहन चाहन्छु ।तर तिमीलाई बुझन चाहन्छु । फेरि यहि तुलना ग¥यो नभन्नु , उ तिमीभन्दा कुनैपनि किसिमबाट उत्कृष्ट छैन ।
भै गो अरुको कुरा , म फेरि तिमीमै फर्किन चाहन्छु ।
तिम्रो साहित्यप्रति विघ्न रुचि छ । म त्यसलाइ बाहिर ल्याउन चाहन्छु जति म सक्छु । तिमी समाज , व्यक्ती वा घटना जेलाई पनि फरक ढंगबाट वुभ्mन कोशिस गर्छयौ , त्यो बुझाई म पनि बुझन चाहन्छु । म ती कुराहरु लेख्न चाहन्छु ।लेखनको म कुनै प्रशंसनिय पात्र त होइन तर म आफु यतिसम्म लेख्न सक्नुमा गर्व गर्छु । मेरो लेखनको एउटा थप पाइला तिमी पनि वन्न सकौ ,म यहि चाहन्छु।
य सुनन , तिमी साच्चीकै राम्री छौँ । तिमी साच्चीकै इमानदार छौ । तिमीलाई राम्रा मान्नेहरु पनि धेरै छन । तिमी अध्ययनमा पनि तेज छौ । जीन्दगीमा प्रगती त गर्नु नै छ भनि हिँडेकि छौ । मलाई थाहा छ तिमी त कहिँ न कहिँ त पक्कै पुग्छ्यौ । र त्यो पुगेको दिन सवैभन्दा धेरै खुशी हुने केहि सिमित व्यक्तिहरु मध्ये म पनि एक हुनेछु । टाढा भैएला , सम्पर्कमै नरहैला , सम्झीराख्नु ।तिमी विहे गर्दिन कहिलेनी भन्छयौ ।
त्यसो नभन , मन परेको र तिमीलाइृ बुझन सक्ने केटो पाएको खण्डमा विहे गर । अलि ढिलो गर बरु । पारिवारीक संसारमा पनि हराउ । त्यसमा पनि इन्जोए गर । म पनि त त्यसै गरुँला ।
अझँै लेख्दै गएँ भने धेरै लेखुँला भन्नी डर छ ।
वाँकि कुरा त लेख्दै गरम्ला नी पटक पटक । अहिले पनि अक्षर राम्रा भएनन , कम्युटरमा टाइप गरेर पठाम्ला भन्नी छ । व्लग तिर पनि हालुँला ।
तिम्रो साथी
वार्ड न १०




No comments:
Post a Comment