म त्यहाँ पहिलोपल्ट पुगेको करिव तीन महिना भइसकेको छ , हरेक शनिवार दिँउस १ वजे अमेरीकन कर्नरमा विभिन्न क्षेत्रका युवाहरु जम्मा हुन्छन , विभिन्न विषयमा कुराकानी गर्छन , विचार तथा समाचारको साटासाट गर्छन । उनीहरु त्यहाँ नेपाली भाषा प्रयोग गर्दैनन । अँग्रेजी भाषाले वर्तमान समयमा विश्वव्यापी भाषाको रुप लिइसकेको छ । अँग्रेजी भाषामा कमजोर भएकै कारण युवाहरु विभिन्न अवसरबाट वन्चित हुन परेको छ । उनीहरु सवैको एउटै मत छ , उद्धेश्यको विषयमा ।
‘भाषाकै कारण कोहि पनि युवा कुनै पनि अवसरबाट वन्चित हुन नपरोस भनेर ‘इन्लिंस कन्र्भसेसन क्लव’ सुरु गरेका हौँ ’ , क्लवकी संयोजक उषाकिरण तिवारीले भनिन । ‘हामी सवै अँग्रेजीमा कमजोर छौँ र यस्तै कमजोर रहि रहन भने चाहदैनौँ । हामी हाम्रो अँग्रेजी भाषा सुधार भएको हेर्न चाहन्छौँ भने सुरुवात हामी आफैँबाट किन नगर्ने ?’ तिवारीले थपिन । ‘यसको लागि अमेरिकन कर्नरको भुमिका कस्तो छ ?’ भनेर मैले सोधेँ । तिवारीले जवाफ दिइन , ‘यसको लागि अमेरिकन कर्नर र अमेरिकन कर्नरका प्रतिनिधी हृदयेश केसिको निकै ठुलो सहयोग छ । हरेक शनिवार हामी त्यहाँ जम्मा भएका छौैँ , छलफल गर्न पाएका छाँै र आफ्नो अँग्रेजी सुधार गर्न खोजिरहेका छौँ । हामीले यो अवसर आफैँले सृजना गरेका छौँ र महत्वपुर्ण भुमिका अमेरिकन कर्नरले खेलेको छ ।’
कुराकानी अनौपचारिक हुन्छन । स्थानीय देखि अन्र्तराष्ट्रिय क्षेत्र सम्मका विभिन्न मुद्धाहरुमा सवैले आफ्नो विचार राख्छन , अरुको विचार सुन्छन , त्यसैमा प्रतिक्रिया जनाँउछन । कार्यक्रममा नियमित सहभागिता जनाइरहेका सुर्खेत मोडेल कलेजमा अध्ययनरत गणेश ढकालले आफुहरु यस्तो अवसर पाँउदा अत्यन्त खुशी लागेको बताए । ‘अँग्रेजी वोल्ने कुरा त छँदै छ अँग्रेजी भाषा नै मातृभाषा भएका व्यक्तिहरुको उपस्थितीले यो कार्यक्रम अझैँ उत्कृष्ट हुन सकेको छ जस्तो लाग्छ ’, ढकालले भने । कोपिला भ्यालीमा भोलेन्टिएर रहेकी अमेरिकाकी टेरि पनि हरेक शनिवार अमेरिकन कर्नर आउँछिन , युवाहरुसँग कुरा गर्छिन , आफ्ना कुरा राख्छिन ।
केहि समय अगाडी कन्र्भसेसनकै सिलसिलामा ‘तपाईलाइ यो कार्यक्रम कस्तो लागिरहेको छ ?’ भनेर प्रश्न गर्दा उनले भनिन , ‘साच्चै नै यो मेरो लागि निकै उत्साहको कुरा हो । म यहाँ आँउछु , तपाईहरुसँग कुरा गर्छु , तपाईहरुबाट यहाँको बारेमा धेरै जान्ने मौका पाँउछु । यो निकै राम्रो पहल हो भन्ने मलाई लाग्छ । ’
अहिले विभिन्न स्कुल कलेजमा पढ्ने युवाहरु त्यस क्लवको सेसनमा सहभागी हुन्छन । ‘अवको तपाइहरुको लक्ष्य के छ ?’, मैले क्लवकी संयोजक उषाकिरण तिवारीलाई सोधेँ ,उनले भनिन , ‘यस्तै किसिमका कार्यक्रम गर्ने गरि यहाँका स्कुल कलेजमा पनि यस्तैे क्लव बनाउने वारे सोचिँरहेका छौँ । यसको लागि हामीले पहल थाल्नेछौँ ।’
अमेरिकन कर्नर , सुर्खेतका प्रनिनिधी हृदयेश केसि पनि यो कार्यक्रमबाट निकै उत्साहित छन , ‘यो कार्यक्रम ती सवै व्यक्तिहरुको लागि साझा अवसर वन्न सक्छ जो अभ्यासद्धारा अँग्रेजी सिक्न चाहन्छन ।’ उनले समय समयमा विभिन्न अतिथीहरुलाई पनि उक्त कार्यक्रममा निम्ताइने र युवाहरुको कुराकानी गराउने गरिएको वताए ।
केहि समय अगाडी सुर्खेत उधोग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी पनि त्यहाँ पुगे । उनीसँग युवाहरुले विभिन्न विषयमा जिज्ञासा राखे । अधिकारील व्यापार क्षेत्रका तथा अन्य विभिन्न विषयमा सहभागी युवाहरुसँग कुराकानी गरे । समयसमयमा विभिन्न किसिमका भिडियो तथा स्लाइडहरु हेर्ने र त्यसमा अन्र्तक्रिया गर्ने गरेको केसिले बताए ।
अमेरिकन कर्नरको प्रशंसायोग्य सहयोग र जोशिला युवाहरुको आँटले आफ्नो लागि आफैँ केहि गर्न सकिन्छ भन्ने उदाहरण भएको छ , ‘इन्लिंस कन्र्भसेसन क्लव ।’
No comments:
Post a Comment